तीन वर्ष मलेसियामा वैदेशिक रोजगारीमा गएका राना घर फर्केर आधुनिक तरिकाले व्यावसायिकरुपमा केरा खेती गर्न थालेका हुन् । पाँच वर्षदेखि उहाँले केरा खेती गर्दै आएका छन् । उहाँले वार्षिकरुपमा रु २५ लाखदेखि रु ३० लाखसम्मको केरा बिक्री गर्दै आएका छन् ।
कोशी प्रदेश सरकारले प्रदेश सामयिक कर असुलसम्बन्धी कानुन बनाउने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विधेयकको मस्यौदाका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा जनशक्ति र भवन अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्ति मात्रै होइन, पूर्वाधारको समेत समस्या छ। जिल्ला अस्पतालमा दैनिक सरदर तीन सय बिरामी उपचारका लागि आउने गरेका छन्। साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भिड धेरै देखिने गरेको छ।
काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–३ मा रहेको वनदेवी माध्यमिक विद्यालयले निमावि तहको करारमा विज्ञान विषयको शिक्षक आवश्यकतासम्बन्धी सूचना पाँचौँ पटक जारी गरे पनि हालसम्म शिक्षक पाउन
झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
जिल्लामा बालबालिका चोरीको घटनामा संलग्न हुने क्रम बढ्दै गएको छ। अभिभावकको संरक्षण नहुनु, लागुऔषध दुव्र्यसनीदेखि अरूको देखासिकीका कारण पछिल्लो समय बालबालिका चोरीलगायत अरू आपराधिक कार्यमा संलग्न हुने क्रम बढ्दै गएको छ। प्रहरीका अनुसार बालबालिका स–सानादेखि ठुला चोरीका घटनामा समेत संलग्न हुने गरेको पाइएको छ। पसलका ढोका फुटाएर नगददेखि सामान चोरीका क्रममा ९ देखि १५ वर्षसम्मका बालबालिका प्रयोग भएको भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्ल बताउनुहुन्छ ।
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य कमी आएको छ । बुधबार र बिहीबार गरेर सुनको मूल्यमा दुई हजार दुई सयको कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपियाँले घटेको छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपियाँ तथा तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपियाँमा कारोबार भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाह नाका हुँदै आयात हुने खुद्रा सामानको भन्सार गर्नका लागि थप काउन्टर राख्न माग गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले हाल रहेका काउन्टरले भारतबाट सामान लिएर आउनेको भीड थेग्न नसकेको भन्दै अन्य काउन्टर थप्दा दैनिक राजस्व सङ्कलनमा ठुलो वृद्धि हुने बताउनुभयो ।
सिन्धुली जिल्लाको चुरे भावर क्षेत्रका नदी तथा खोलानालाको तटीय क्षेत्रमा यतिखेर बगर नै ढाकेर सेताम्मे फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जाडो याम (विन्टर सिजन) का लागि टिकट नकाट्न कोरियन एयरलाई जानकारी गराएको छ । कोरियन एयरले दुई देशबिचको हवाई सेवा सम्झौताको प्रावधानविपरीत महँगो टिकट शुल्क लिएर एकलौटी उडान गर्दै आएको र नेपाल वायुसेवा निगमको नियमित उडानलाई प्रभावित पार्दै आएको जनाउँदै अक्टोबर अन्त्यदेखिका टिकट नबेच्न निर्देशन दिएको हो ।
घोराही उपमहानगरपालिका–३ झिँग्नि गाउँबाट करिब पाँच किलो मिटर टाढा घोराही बजारमा दाउरा बिक्री गर्न आएका स्थानीय थारु महिला । घोराहीमा दाउराको प्रतिभारी चार सय रुपैयाँमा किनबेच हुने गर्दछ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ऐन, कानुनले जनपक्षीयभन्दा माफियाका लागि सहज हुँदा भने जस्तो विकास गर्न नसकिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले चुस्त र गुणस्तरीय काम गर्न कानुनले असहज बनाएको चर्चा गर्दै ऐन, कानुन निर्माण नै माफियाले गर्छन् कि जस्तो आफूलाई लागिरहेको बताउनुभयो ।
जुम्ला सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण सिट छुट्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकमा आरक्षण सिट कार्यान्वयन गरिने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार आरक्षण सिटसहित पहिले नै निर्णय गरिएको भाडादर कार्यान्वयन गरिने निर्णय भएको छ। दुर्गममा सिट आरक्षण नहुँदा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले बारम्बार गुनासो गरेपछि सो छलफल आयोजना गरिएको हो।
विश्वका विभिन्न देशका करिब छ सय नागरिक यति बेला अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशनमा भेला भएका छन् । ‘रेन्बो ग्यादरिङ’ का लागि जम्मा भएकाहरू रामारोशन घुम्न पाएकामा मक्ख देखिन्छन् । प्रकृतिसँग रमाउन रामारोशन आइपुगेका विदेशी नागरिकले रामारोशन विश्वकै सुन्दर ठाउँ भएको दाबी गरेका छन् । खुला पाटनमा टेन्ट राखेर रमाइरहेका रेन्बो परिवारका सदस्यहरूले स्वच्छ, सफा हावापानी, शान्त स्थान र प्रकृति सुन्दरताका लागि आफूहरू रामारोशन आएको बताएका छन् । इरानबाट आएकी २२ वर्षीय करिन सर्खालीले आफूलाई रामारोशनको सुन्दरता र हावापानीले लोभ्याएको बताउनुभयो । आफ्नै देशमा शिक्षण पेसा गरिरहेकी करिनले रामारोशन ओझेलमा परेकोप्रति चित्त दुखाउनुभयो ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।