• ७ जेठ २०८१, सोमबार

‘हास्यव्यङ्ग्य एवं स्वतन्त्र अभिनय कलाको त्रिवेणी गाईजात्रा उत्सव’

blog

१. सगरमाथा र शाक्यमुनि बुद्ध जन्मेको देशको रूपमा नेपाल विश्वमा परिचित छ ।

यस परिचयसँगै अब विदेशीहरूले नेपाललाई रमाइलो, जीवन्त चाड मनाउने देशका रूपमा बुझ्दैछन् । हिमाल, पहाड र काठमाडौँ उपत्यकामा मनाइने प्रमुख चाडको समय पारेर पर्यटकहरू नेपाल आउन थालेका छन् । 

हाम्रा चाडपर्वलाई राष्ट्रिय, स्थानीयसँगै विविध ढङ्गले वर्गीकरण गरेर विश्लेषण गर्न सकिन्छ । जसमध्ये प्रमुख रूपमा 

क) ऋतुसम्बन्धी पर्वहरू,

ख) देवीदेवतासम्बन्धी पर्वहरू,

ग) पितृसम्बन्धी पर्वहरू 

घ) पशुपन्छीसम्बन्धी पर्वहरू 

ड) मनुष्यबाट देवत्वमा परिवर्तित भएका महामानवसँग सम्बन्धित पर्वहरू

च) दानलाई विशेष महìव दिएर मनाइने पर्वहरू, 

छ) खट र रथसँगै टोल टोल घुम्ने पर्वहरू

ज) कृषि र पर्यावरणसँग सम्बन्धित पर्वहरू पर्दछन् ।

यी सबै पर्वको वैज्ञानिक र आयुर्वेदिक पक्ष साह्रै प्रबल छन् । 

२.

गाईजात्रा पर्वको सुरुवातबारे विभिन्न कथन प्रचलित छन् । मल्ल राजा जयस्थिति मल्ल तथा प्रताप मल्लसँग गाईजात्राको प्रसङ्ग जोड्ने चलनले व्यापकता पाएको छ । राजाको सन्तानको अकाल मृत्युपछि रानीलाई सान्त्वना प्रदान गर्न, दुःख कम गर्न र शाश्वत मृत्युबारे बुझाउन गाईजात्रा सुरु गरेको मानिन्छ ।

पृथ्वीमा जन्मेका मानिसदेखि प्रसिद्ध बलवान् असुरहरूले सबैभन्दा जान्न खोजेको र जित्न खोजेको विषय नै मृत्यु हो । तर सबैभन्दा जान्न नसकिएको विषय हुन पुगेको छ मृत्यु । हिन्दुदर्शन र बौद्धदर्शनका विभिन्न पुस्तकमा मोक्ष प्राप्त गर्न वा निर्वाण पाउन अपनाउनुपर्ने जीवनशैली, त्याग, तपस्याबारे सविस्तार मार्गनिर्देशन गरिएको छ । तर निकै कम मानिसले मात्र यस गहन विषयलाई बुझ्ने प्रयत्न गरेको देखिन्छ ।

यस गार्ईजात्रा पर्वले केही मात्रामा धार्मिक, सांस्कृतिक तथा धेरै सामाजिक महìव समेटेको छ ।

मृत्युसँगको डर र त्यसमाथि विजय प्राप्त गर्ने कौतुहलताको विषयसँग गाईजात्रा पर्व जोडिएको छ ।

मृत्यु संस्कारसँग सरोकार राख्ने पर्व हो गाईजात्रा, नेपालका विभिन्न ठाउँमा मनाइने गार्ईजात्रा पर्वको मूल सन्देश एउटै भए पनि मनाउने शैली फरक फरक छ ।

गार्ईजात्रा पर्वमा हरेक वर्ष केही न केही नयाँ विषय थपिँदै गएको छ । विभिन्न सङ्घसंस्थाहरूले गार्ईजात्रालार्ई विशेष महोत्सवका रूपमा मनाउने स्थायी परम्परा बनाएका छन् । काठमाडौँ, पाटन, भक्तपुर र अन्य केही जिल्लामा प्रकाशित हुने पत्रपत्रिकाले विशेष रूपमा व्यङ्ग्यचित्र, लेख, सम्पादकीय प्रकाÞशित गर्ने परम्परा नै बसिसकेको छ ।

पाठशालादेखि विभिन्न कार्यालयमा गाईजात्राको दिन विशेष कार्यक्रम हुने गर्दछ । निर्भीक भएर आफ्नो मनको कुरा व्यक्त गर्ने दिनका रूपमा धेरैले गाईजात्रालाई लिएका छन् । आज गणतन्त्र आएको अवस्थामा त गार्ईजात्राको महìव घटेको छैन भने केही दशकअघि यसको महत्त्व कति थियो, सहजै अनुमान गर्न सकिन्छ । 

हनुमानढोकालाई केन्द्रविन्दुमा राखेर काठमाडौँबाट गाईजात्रामा निस्कनेहरूले सहर परिक्रमा गर्छन् । भक्तपुरमा धिन्ताघिसीको साह्रै मनमोहक प्रस्तुति हुन्छ । पाटनमा कृष्णमन्दिरबाट निकालिने श्रीकृष्ण लीलाको झाँकी हेर्न र भाग लिन मानिसहरू तँछाड–मछाड गर्छन् । गाईजात्राको अवसरमै रामायण, कृष्णलीला, शिव परिवारको झाँकी, गीति नाटकको रूपमा प्रस्तुत गर्ने चलन अझै पनि कायम छ ।

गाईजात्रा पर्वमा त्यसै वर्ष बितेका व्यक्तिहरूको घरबाट एकजनाको उपस्थिति अनिवार्य मानिन्छ ।

तर रमाइलोसँग ख्यालठट्टा गर्न अन्य घरबाट पनि नौलो भेषभूषामा भाग लिने चलन छ ।

खुर्सानी र अन्य फलको माला, लहराको चस्मा, भोगटेको बोक्राको टोपी, जुत्ताको माला र च्यातिएको कपडा लगाएर अनुहारमा विभिन्न रङ्ग पोतेर अरूलाई मनोरञ्जन दिँदै हँसाउने प्रयत्न गरिन्छ ।

कृष्णको बालरूप, राम सीता, लक्ष्मणको वन गमन र हनुमानले गरेको लङ्कादहनको दृश्य पनि सडकमा र टोलटोलको मञ्चमा मञ्चन गर्ने चलन अझै हराइसकेको छैन । गाई मातालाई नै सजाएर, वस्त्र लगाएर सहर घुमाउने अथवा मानिसको शिरमा सिङ राखेर गाईको स्वरूप सहर घुमाउने प्रथा चलिरहेकै छ ।

पुराणहरूमा वर्णन गरिएको वैतरणी नदी, गौमाताको पुच्छर समात्ने विधान सबैको गाईजात्रा पर्वसँग केही न केही सम्बन्ध गाँसिएको छ । गाईजात्रा पर्वमा गाईको महत्त्वपूर्ण  भूमिका हुँदाहुँदै पनि विभिन्न समयमा नयाँ नयाँ विषय थपिँदै गएर प्रमुख विषय ओझेलमा परेको भान हुन्छ ।

वैदिक समयमा गाईमाता गौधनका रूपमा मात्रै नभएर सम्पूर्ण धार्मिक संस्कार र दैनिक कार्यको लागि अनिवार्य थियो । देवकार्य र पितृकार्य दुवैमा गौमाताको दान अत्यावश्यक थियो । ससाना पूजा अनुष्ठानदेखि ठूलाठूला महायज्ञमा पञ्चगव्य (गोमूत्र, गोबर, घिङ, दूध र दही) र पञ्चामृत (दूध, दही, घिउ, मह र चिनी) अनिवार्य थियो । यसरी गाईको उपस्थिति बिना कुनै पनि कार्य सम्भव थिएन । आजसम्म पनि गौदान नगरी कुनै पनि कार्य पूर्ण हुँदैन । हरेक देवकार्य र पितृकार्यको प्रारम्भ गौदानबाट सुरु हुन्छ । हिन्दुहरूको ज्योतिष शास्त्रमा पनि विभिन्न पशुहरू, पशुजुनीको बारेमा वर्णन गर्दा गौमाता र गौजुनीको बारेमा विस्तृत वर्णन गरिएको छ । मानबजुनी सरह नै गौजुनीलाई महìव दिइएको छ ।

साक्षात् गौदान गर्न नसक्दा आज गौदानको नाममा केही रकम पण्डितलाई दान दिने चलन छ । 

दैनिक पूजा होस् वा विदेश यात्राबाट आएको बेला, गौदान गरेर मात्र अन्य कार्यमा समावेश हुन सकिन्छ । विभिन्न लोकमध्ये गोलोक (विष्णुलोक) अर्थात् विष्णुधामको विभिन्न पुराणहरूमा विशेष महìव दर्साइएको छ । सम्पूर्ण शास्त्रमा गार्ईको महìव जसरी वर्णन गरिएको छ, त्यसकै प्रभावबाट गार्ईजात्रा पर्व सुरु भएको प्रष्ट हुन्छ । गार्ईलाई लक्ष्मीका रूपमा तिहारमा पूजा गर्ने र गाईजात्रामा उत्सव मनाउने नेपालीहरूको विशिष्ट चलन हो । अन्य ठाउँका हिन्दूहरूले गार्ईलाई पूजा गर्ने, गौदान गर्ने, यज्ञ गर्ने गरे पनि उत्सव गरेर मनाएको देखिँदैन । नेपालमा गाईजात्राको दिन जोडिएको हास्यव्यङ्ग्यको विशेष महìव छ । अब गाईजात्रा पर्व धार्मिक मात्रै नभएर राजनीतिक र सामाजिक विकृतिलाई औँला ठड्याउने पर्वका रूपमा विकसित भइसकेको छ ।

आज आएर गार्ईजात्रा पर्व हास्यव्यङ्ग्य प्रदर्शन गर्ने प्रमुख दिनका रूपमा परिणत भइसकेको छ ।

केही संस्कृति विज्ञहरूले गार्ईजात्रालाई गन्धर्व ग्रहबाट उत्पन्न भएको भूतोन्मादको प्रस्तुति मानेका छन् । गन्धर्व ग्रहबाट पीडित व्यक्तिको मनोभावनामा गाउने, नाच्ने, उफ्रने, हाँस्ने, हँसाउने जस्ता क्रियाकलापले स्थान पाएको हुन्छ । यसैलाई गाईजात्रामा स्थान दिइएको हो । यसैसँग जोडेर स्वतन्त्र रूपले अभिनय गर्ने, अरूबेला आँखा उठाएर हेर्न पनि नसक्ने राजा र भाइभारदारलाई मुखमा मुकुण्डो लगाएर मनमा लागेका सबै कुरा व्यक्त गर्ने परिपाटी सुरु भएको देखिन्छ । जात्रा, पर्वहरू लिच्छवि कालमा पनि मनाउने चलन थियो । विभिन्न गोष्ठीद्वारा पर्वहरूको व्यवस्थापन गरिन्थ्यो । मल्लकालमा आएर जात्रा पर्वको सङ्ख्या थपिँदै गयो । गुठीहरूले जात्राको व्यवस्थापन गर्ने भएकाले यसले निरन्तरता पाउन सक्यो । जसमध्ये गार्ईजात्रा पर्वले समयअनुसार विभिन्न परिवर्तनलाई आत्मसात गर्दै हाँस्यव्यङ्ग्यको माध्यमबाट हाम्रो एकोहोरो कार्यमा लागिरहने मनलाई क्षणिक समयको लागि भए पनि रमाइलो बनाइदिएको छ ।

जीवन जिउने कला गार्ईजात्राले सिकाएको छ । काम, आराम र मनोरञ्जन भन्ने नारा पश्चिमी समाजमा घन्केको एक शताब्दी नाघ्दैछ । 

हामीकहाँ यसको अवधारणा तेह्रौँ शताब्दीमै विकसित भइसकेको पाइन्छ । चौधौँ शताब्दीमा लेखिएको गोपालराज वंशावलीमा गोयात्राको वर्णन छ । यसबाट गोयात्राको प्राचीनतामा थप बल प्राप्त हुन्छ । गोयात्रासँगै यसको अघिल्लो दिन पर्ने जनैपूर्णिमा, क्वाँटीपूर्णेको नेपाली समाजमा छुट्टै महìव छ । मौसमअनुसारको खानपानमा यस्ता पर्वले सजग बनाएको छ । जुन मौसममा जे फल्छ त्यसको प्रयोग अनिवार्य रूपमा गर्नुपर्छ । कामअनुसारको खानपानमा पनि यसले सजग गराएको छ ।

गार्ईजात्राको अघिल्लो दिन श्रावण पूर्णिमामा क्वाँटी पकाएर देवतालाई चढाउने र भ्यागुतोलाई खुवाउने रमाइलो चलन छ । कुम्भेश्वर जात्रा, समुद्र मन्थन, गोसाइँकुण्डसँगको शिव आख्यान, शिवको परोपकारी पक्ष, शिवगण सबैको कुनै न कुनै स्वरूपमा गाईजात्रा पर्वसँग सम्बन्ध जोडिएको छ । बौद्ध : धर्मावलम्बीहरूले मार आक्रमणसँग पनि गाईजात्रालाई जोडेर हेर्ने गरेका छन् ।

गाईजात्रा पर्वमा गरिने व्यङ्ग्यले आफ्नो कालो कार्य उदाङ्गो होला भन्ने डरले विभिन्न क्षेत्रका व्यक्तिहरू सजक हुन्छन् । 

गाईजात्रा पर्व हाम्रो समाजको विकृति उदाङ्गो पारेर सुधार ल्याउने पर्वका रूपमा विकसित हुँदैछ । गाईजात्रा पर्वमा गाईको महìवपूर्ण भूमिका हुँदाहुँदै पनि विभिन्न समयमा नयाँनयाँ विषय थपिँदै गएर प्रमुख विषय ओझेलमा परेको भान हुन्छ ।