गोरखापत्र समाचारदाता
काठमाडौं, असार १६ गते । तीनजना नवोदित कवि लेखकलाई पुरस्कृत गरिएको छ । वर्ष २०८१ का लागि गैर आख्यान, आख्यान र काव्य विधाका नव सर्जकलाई पुरस्कृत गरिएको हो ।
जस अन्तर्गत ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’लाई र ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’ लाई ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कविता सङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’लाई प्रदान गरियो ।
तिनवटै पुरस्कारमा जनही ५० हजार राशिका साथमा प्रमाणपत्र रहेको छ ।
कार्यक्रममा काव्य, आख्यान र गैरआख्यानतर्फको पुरस्कारहरूको घोषणा व्रmमशः प्रा. डा. सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गर्नुभएको थियो । कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रुपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ‘साहित्यपोस्ट एप’को औपचारिक रूपमा सार्वजनिकीकरणसमेत गरिएको थियो । एप तथा साहित्यपोस्टका पछिल्ला गतिविधिबारे अच्युत कोइरालाले प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी, कवि तथा अधिवक्ता पेशलकुमार लुइँटेलले आउँदो वर्षबाट आफ्नो प्रायोजनमा साहित्यपोस्टमार्फत् अङ्ग्रेजीतर्फ समेत एक पुस्तकलाई पुरस्कृति गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा बाछिटाहरूको सङ्ग्रह उत्कृत बाछिटाको विमोचनसमेत गरिएको थियो ।