• ११ असोज २०८१, शुक्रबार

बुस्टर डोज नलगाउनेलाई वडाको सेवासुबिधामा रोक

blog

कबिराज घिमिरे

धनकुटा, भदौ १ गते । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ ले बुस्टर डोज नलगाउने नागरिकलाई वडाबाट पाउने सेवासुबिधा बाटै बन्चित गर्ने निर्णय गरेको छ । 

वडाले सार्वजनिक सुचना जारी गर्दै बुस्टर डोज पूरा गर्न वडाबासीलाई आग्रह पनि गरेको छ । अनिवार्यरुपमा डोज पूरा गर्न वडा सचिव दुर्गाप्रसाद कुवरद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।

सुचनामा भनिएको छ, ‘यदि अटेर गरी डोज पूरा नगरेमा वडा वाट पाउने सम्पूर्ण सेवासुबिधा रोकिने छ ।’ खोप लगाउन अटेर गर्न थालेकोले तथा तथा सतप्रतिशत खोप सुनिश्चीत गर्न यस्तो निर्णय गरिएको वडा सदश्य लक्ष्मण काफ्लेले जानकारी दिनुभयो ।

वडामा करिब ३००० जनालाई  खोप लगाउने लक्ष्य रहेकोमा अहिले सम्म ७० प्रतिशतले मात्र खोप लगाएको उहाँले बताउनुभयो । खोप लगाएका ७० प्रतिशत मध्ये २० प्रतिशतले बुस्टर डोज लगाउन बाँकी रहेको मुर्तिढुङ्गा स्वास्थ्य चौकी प्रमुख निर्मला काफ्लेले जानकारी दिनुभयो ।