• ७ जेठ २०८१, सोमबार

एकाकार प्रतिमा (कविता)

blog

यो माटोको चमक

भोलिको सम्पूर्णतालाई इसारा गरेर

टाढा टाढा हेरिरहेछु

ईश्वर ! तिमीभित्र म जस्तो मान्छे छ छैन ?


यस्तो उज्यालो सपना छ छैन ? 

केलाएर हेर 

आफ्ना अनन्त भण्डार

छैन भने आऊ तिमीभित्र 

म एक छुसी मनुष्य राखिदिन्छु

आऊ सहयोगी सृष्टिमाथि अझै चमत्कार थपौँ


मानिसभित्र ईश्वर

ईश्वरभित्र मानिस उभ्याएर


दुई सामुन्नेका ऐनाको बीचमा

उभियोस् आजै

काकार तिम्रो र मेरो प्रतिमा । 


साभार : मधुपर्क २०२५ फागुन अङ्क