उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक स्वास्थ्य पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत गर्न जरुरी रहेको बताउनुभएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा विवाद गरेर अशान्ति मच्चाउने ६८ जना बालकहरुलाई सुधारगृह बाहिर प्रहरीको संरक्षणमा राखिएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालीकाका प्रमुख र उपप्रमुखसहितको टोली धनकुटाको महालक्ष्मी नगरपालिका आउनुभएको छ ।
आँधीखोला गाउँपालिकाको सेतीदोभानमा यातायात व्यवसायीहरुसँग लिइँदै आएको स्थानीय यातायात शुल्क हटेको छ ।
इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा ९प्रवेशाज्ञा० बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।
इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले बिहीबार मुद्रा आदानप्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् ।
गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिनुभयो ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
“पहिले गोबारो कीरा लाग्यो, अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर उपमहानगरपालिका–७ निवासी किसान भागिरथ भण्डारीले भन्नुभयो, “यो कीरा साँझ, बिहानमात्रै देखिने गरेको छ ।” समयमा मल र बीउ नपाउँदा आजित भएका किसान पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । विद्युत्को खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो ।
भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो ।
एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ ।
वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली ।
रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।