सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाउनु भएको छ।
जिल्लाका दुुई गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालयहरु शिक्षक दरबन्दीबिनै सञ्चालनमा ल्याइएका छन् । मावि स्वीकृत पाएका तथा दरबन्दी पाउन नसकेपछि तीन विद्यालयहरु गाउँपालिका अनुदानबाट सञ्चालनमा आएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गर्नुभएको छ ।
साउथ अकल्याण्डको एक भण्डारण एकाइमा परित्यक्त सामानको लिलामीका आएका सुटकेसभित्र दुई साना बालबालिकाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डिटेक्टिभ (गुप्तचर) इन्स्पेक्टर टोफिलाउ फामानुइया वाएलुआले उक्त रिपोर्टको पुष्टि गर्दै प्राथमिक विद्यालय जाने उमेरका दुई बालबालिकाको अवशेष मान्युरेवाको पूरानो सामानहरूको भण्डारमा फेला परेको बताउनुभयो ।
प्रतीक इच्छुक शर्मासल्यान, भदौ २ गते । बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले भेल खेल्ने चाड मनाएका छन् । यस आसपासका क्षेत्रमा भदौ १ गतेलाई भेल खेल्ने चाड मनाइन्छ । देवस्थलको बनगाड खोलाको मोडदेखि अम्रासम्म तीन किलोमीटर पौडी खेलेर अम्राका १५/२० जना युवाले पौडी खेलेर ‘घिया त्यार हो’ अथवा पौडी खेल्ने चाड मनाएका हुन् । स्थानीय दोर्ण ऐरीले यहाँ हरेक वर्ष सधैँका वर्ष जसरी यस वर्ष पनि मनाएको बताउनुभयो । उहाँका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइँदै आएको छ । भेल खेल्ने पहिले सल्यानको नाम्रा, घटागाउ बुरेली र अम्रा र सुर्खेतको राकम, ठिग्नी, घोरेरीमा खेल्ने गर्दछन् । पछिल्नो समय भेल खेल लोप हुँदै गएको र यसको संरक्षणमा कसैको चासो गएको छैन । वनगाड कुपिण्डे नगरपालिका नाम्राका युवाले भने हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुइँ छोड्ने भनेर युवाले भेल खेल्ने पर्व मनाउने गरेका हुन् । भदौ १ गतेका दिने युवा भेल खेल्ने र महिला तथा बालबालिका जङ्गल पुगेर पङ्गैको ( पिङ्ग)को लागि कैयार(खर) काटेर ल्याउने चलन छ । कोही जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पङ्गै खेलेर रमाइरहेका थिए । जङ्गलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा डोरी बाटेर पङ्गै निर्माण गर्ने बताइन्छ । अम्राका स्थानीय वृद्धका अनुसार पहिले टाढाटाढाबाट धेरै गाउँका मानिसहरुले भेरीमा भेल खेल्ने आउने गरेको भए पनि अहिले स्थानीय अम्राका युवाले मात्र वर्षाको भेलमा पौडी खेल्ने गरेका छन् ।स्थानीय नरेश एरीले भाद्र संक्रान्तिका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको बताउनुभयो । साहित्यकार वीरेन्द्र शाहीले भेल खेल्ने पर्व साहसिक खेल भएको र प्रकृतिसँगको सङ्घर्षबाट प्राप्त ज्ञानका रुपको प्रयोग भएको बताउनुभयोा । उहाँका अनुसार यो खेल सल्यानमा मात्र छ । एक दिन भए पनि जमिन छोड्नुपर्छ मान्यतामा यो खेल जोडिएको छ ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले काठमाडौंमा फोहोर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा सांसद अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गर्नुभएको छ ।
रौतहट समाचारदातारौतहट, भदौ २ गते । चन्द्रपुर नगरपालिका–६ निवासी यादवराज पुरीले वडा कार्यालय भवन निर्माणार्थ डेढ कठ्ठा जमिन दान गर्नुभएको छ । बिहीबार जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरको सभाकक्षमा भएको वडा भेला कार्यक्रममा मन्तव्य राख्दै उहाँले उहाँका दिवंगत पिता लालबहादुर पुरीको सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कठ्ठा क्षेत्रफलको जमिन दान गर्नुभएको हो । चन्द्रपुर नगरपालिकाको ‘रिंग रोड’ र मोथियाही रोडले छोएको उक्त जमिन वडा नम्बर ६ को कार्यालय भवन निर्माण गर्न दान गर्नुभएपछि वडावासी हर्षित भएका छन् । सो जग्गाका मूल्य एक करोड रुपियाँ बराबरका हुन आउने बताइएको छ ।वडा अध्यक्ष सहदेव केसीले उक्त जमिनमा यथाशिघ्र कार्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँका पिताको गत साउन १४ गते असमायिक निधन भएको थियो । (दाता पुरी गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको रौतहट समाचारदाता हुनुहुन्छ ।)
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदिप ज्ञवालीले नागरिकता विधेयक जस्तो संवेदनशील विषयमा जनमत विभाजित गर्ने काम नगर्न सत्तापक्षलाई चेतावनी दिनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिनिहुँदै एमालेका उपमहासचिव ज्ञवालीले राष्ट्रपतिबाट फिर्ता भएर आएको सो विधेयकलाई सर्वस्विकार्य बनाउने अवसरको रुपमा लिन पनि सत्तापक्षलाई आग्रह गर्नुभयो ।
दाङको राप्ती नदीमा पटेला (डुङ्गा) पल्टिदा डुङ्गामा सवार २५ जना विद्यार्थी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भिर रहेको छ । बिहीवार विहान ९ बजे लमही नगरपालिका वडा ९ तरुलियाबाट राजपुर गाउँपालिका ७ मा.वि.सिक्टास्थित तरुलियाका २५ जना विद्यार्थी पटेलाबाट राप्ती नदी तरेर विद्यालय जाने क्रममा पटेला पल्टिएको हो ।
छिमेकी देश रुससँग चीनले संयुक्त सैन्य अभ्यास गर्न आफ्ना सेना रुस पठाउँदै छ । भोस्टोक ड्रिल नाम गरिएको सो अभ्यास अगष्ट महिनाको अन्तिम दिनदेखि सञ्चालन हुने चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको हो ।
संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २ गते । भारतमा रहेको प्रतिष्ठित साहित्य संस्था ‘कलिंगा साहित्य महोत्सव’ को पहिलो अन्तर्राष्ट्रिय संस्करण काठमाडाैंमा हुने भएको छ । आगामी असोज २९–३० गतेसम्म आयोजना हुने दुई दिवसीय महोत्वसको नेपाल संयोजन राष्ट्रिका साहित्य प्रतिष्ठानले गर्नेछ । ओडिसाको राजधानी भुवनेश्वरमा विगत १० वर्षदेखि मनाउँदै आएको उक्त महोत्सव भारतकै प्रमुख साहित्यिक महामेला हुँदै आएको नेपाल संयोजक तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले बताउनुभयो । नेपालको अनलाइन पत्रिका हिमालयन डायरी र राष्ट्रिका साहित्य प्रतिष्ठानको सहकार्यमा फेस्टिभल गर्न लागिएको हो ।अध्यक्ष ऋषभदेव घिमिरेकाअनुसार कलिंग साहित्य महोत्सवका संस्थापक निर्देशक रश्मी रञ्जन परिडाको परिकल्पना र संयोजनमा पहिलोपटक काठमाडौंमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा नेपालका करिव ७० र भारतका ३० जना साहित्य, कला र संस्कति क्षेत्रका मूर्धन्यका वक्ताहरूको सहभागिता रहने छ । महोत्सवमा ‘नेपालको कला, संस्कृति र साहित्य’ छलफल र बहसको मुख्य विषय रहने छ । महोत्सवले नेपाल र भारतबीचको साहित्यिक, संस्कृतिक, धार्मिक गतिविधिलाई अझ मजबुत बनाउदै दुवै देशका लेखक तथा सर्जकहरूबिचको सम्बन्ध विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा नेपालका प्रसिद्ध संस्कृतिविद्व सत्यमोहन जोशी, प्रसिद्ध संस्कृतिविद्व तथा नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति डा. जगमान गुरुङ, वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठी, वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ कथाकार, हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार डा.अभि सुवेदी, वरिष्ठ नाटककार, अशेष मल्ल, वरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीलगायतको सहभागिता रहने छ । यसैगरी, भारतका प्रसिद्ध साहित्यकारहरु रञ्जित राय लेखक तथा भुतपूर्व राजदुत, गीताञ्जली श्री (इन्टरनेशनल बुकर अवार्ड विजेता) अशोक बाजपायी वरिष्ठ साहित्यकार, अरुण कमल वरिष्ठ साहित्यकार, मृदुला गार्ग वरिष्ठ साहित्यकार, समीर ( प्रसिद्ध गीतकार), मालिनी अवस्थी यतिसकुमार, आसुतोष राणा, दिप्ती नवललगायतको सहभागिता रहने महोत्सवको नेपाल निर्देशक रञ्जना निरौलाले जानकारी दिनुभयो । निर्देशक निरौलाका अनुसार महोत्सव सफल बनाउन विभिन्न उपसमिति बनाइएको छ ।
प्रतिनिधिसभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।