देवरामप्रसाद यादव
सप्तरी, असोज १२ गते । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । योगिनियाँस्थित भगवती मन्दिर नजिकै राम बस्तीमा आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।
शुक्रवार बिहान १ः३० बजे स्थानिय रोहित रामको घरमा आगलागी भएको हो । आगलागीबाट खाद्यान्न सामग्री, लत्ता कपडा, दुई वटा गाई, दुई थान साइकल र चार कोठा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको स्थानीय युवा नेता राहुल मण्डलले जानकारी दिनुभयो । आगो स्थानीयवासी, प्रहरी तथा वारुणयन्त्रको सहयोगमा नियन्त्रण लिइएको सप्तरी प्रहरीले जनाएको छ ।