कालिका भगवती मन्दिर बागलुङमा डेढ वर्षको अवधिमा एक तोला सुन र एक सय एक तोला चाँदी भेटीको रुपमा चढेको छ ।
कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघ निर्वाचन केन्द्रित गतिविधमा सक्रिय हुने भएको छ। महासंघको केन्द्रीय कार्यालय बानेश्वर आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमका निर्णयहरु सार्वजनिक गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताईरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनु परेको बताउनुभएको छ ।
जिल्ला अस्पताल मुगुमा चार दिनदेखि उपचाररत गर्भवती महिलालाई जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सोरु गाउँपालिका २ की तुथा शाहीलाई गौतमले रगत दिनुभएको हो ।
आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रामा सोमबार विजयी सुरुवात गरेको छ ।
सत्ता गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा सिट बाँडफाँटबारे थप छलफल भएको छ ।
प्रहरीले नियन्त्रित लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । नियन्त्रित लागू औषधको अबैध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले तीन जनालाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भरपर्दो सुरक्षा योजना निर्माण गर्न लागेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) रवीन्द्रबहादुर धानुकले सोमबार कार्यालयका प्रमुखहरुलाई नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति यहाँ एक श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
बालयौन दुराचार गरेको अभियोगमा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजु रहेका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लिलेमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लिलेलाई उसैको मैदानमा ७–१ गोलले हरायो ।