नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ ।
पर्वतको कुश्मा नगरपालिकामा रहेका केही विद्यालयले आइटी ल्याब र पुस्तकालय स्थापना गर्न भनी बजेट आउँदा समेत आवश्यक शैक्षिक सामग्री खरिद नगरेको पाएको छ ।
पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध एक करोड १७ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
रोजगारीको सिलसिलामा भारतको सिक्किम गएर गाउँ नफर्किएका (घर बिर्सेका) ताप्लेजुङका एक वृद्धलाई आफन्तको जिम्मा लगाइएको छ ।
बाँकेमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षमा विनियोजन भएको योजना कार्यान्वयनका लागि चासो लिनुभएको छ ।
सधैँ घरको चुलो चौकोमा व्यस्त रहने चन्द्रवंशी र कविरथ समुदायका स्थानीय महिलाहरू पछिल्लो समय विकास निर्माणको काममा समेत देखिन थालेका छन् ।
मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्ने मदन पुरस्कार अन्तर्गत यस वर्षको पुरस्कार विवेक ओझाको ‘ऐँठन’ कृतिले पाउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कुनै पनि व्यक्ति, सङ्घसंस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने काम नगर्न सम्बन्धितलाई आग्रह गरेको छ ।
रुकुमपश्चिमको एक सामुदायिक विद्यालयमा ताला लगाइएको छ । सानीभेरी गाउँपालिका–७ फुक्रुमा रहेको जनज्योति आधारभूत विद्यालय ताला लगाइएको हो ।
अछाम जिल्लामा अवस्थित रामारोशन क्षेत्र प्राकृतिक दृष्टिकोणले अत्यन्तै सुन्दर छ । ‘रेम्बो फ्यामिली ग्यादरिङ’ अन्तर्गत ४० भन्दा बढी देशका नागरिकहरू रामारोशन पुगेसँगै यस क्षेत्रको चर्चा अझै बढेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताउनुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित छ्यारछ्यारेमा ४० मिटर लम्बाइ भएको पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताउनुभएको छ ।