दार्मा गाउँपालिका २ का हेमन्त शर्मा सल्यान खलंगा आउन पैदल चार घण्टा हिँडेर थारमारे आउनुभयो । पश्चिम रुकुम चौरजहारी दार्मा हुँदै राप्ती राजमार्गको थारमारे आउने सडक वर्षा सुरु भएपछि अवरुद्ध भएको छ । दार्मा ६ का इन्द्रबहादुर केसीले सडक अवरुद्ध हुँदा सास्ती भएको बताउनुभएको छ ।
महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालामा भाग लिँदै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नमाउथमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई ९–० गोलले हरायो ।
काठमाडौं, भदौ १२ गते । चलचित्र ‘झिँगे दाउ’ भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय छ । फिल्मका सह-निर्माता सुशील दाहाल र इश्वर घिमिरे हुनुहुन्छ । फिल्ममा प्रदीप भारद्वाजको कथा र संवाद, विष्णु घिमिरे 'कल्पित'को छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । भीमनिधि तिवारीको चर्चित कृति 'झिँगे दाउ'मा आधारित रहेर यो फिल्म तयार पारिएको हो ।
नेपालले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–२० खेल आज खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा नेपालले जित निकाल्ने लक्ष्य राखेको छ
देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी एक हजारभन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन् ।
सप्तरीसहितका तराई–मधेसमा शनिबार बेलुकादेखिको वर्षाले राहत मिलेको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा नभएपछि शनिबार बेलुकादेखि निरन्तर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । भदौ महिनाको वर्षा जिल्ला तथा तराई–मधेशवासीलाई अमृत बर्सेझैँ भएको छ ।
प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।
आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि बोराभर चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ । कसैलाई सुईको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका छन् ।
काठमाण्डौ महानगरपालिकाले अवैध संरचना भत्काउन थाले लगत्तै नेपालगञ्ज उपमहानगरपालिकाले कार्बाही थालेको छ । नगरका विभिन्न ठाउँमा सडक तथा सडकपेटी अतिक्रमण गरेर व्यवसाय गर्ने तथा अन्य विभिन्न तरिकाले गरिएका अतिक्रमण उपमहानगरपालिकाले ट्राफिक प्रहरीको सहयोगमा खाली गराउन शुरु गरेको हाे ।
कपिलवस्तुको चोरखोला नजिक पहिरोको कारण पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ ।
नेपाल सरकारले तोकेका एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत पञ्चकोसीका पाँच थानमध्ये एक पादुकास्थान संरक्षणविहीन बनेको छ। सरोकार निकायको ध्यान संरक्षणमा नजाँदा ऐतिहासिक कला र सम्पदा उच्च जोखिममा परेका छन्। वैष्णव र शिव पुराणका अनुसार पादुकास्थान देवी सतीको पाउ पतन भएको स्थान मानिन्छ। कुनै बेला १६० वटा मन्दिर रहेको पादुकामा अहिले सबै भत्किसकेका छन्। मन्दिर क्षेत्र आसपासमा भग्नावशेष यत्रतत्र छरिएका छन्। मूर्तिसमेत हराउँदै गएका छन्। भएका मूर्तिको समेत उचित संरक्षण हुन सकेको छैन। मन्दिरमा झारपात उम्रिएको छ। त्यो क्षेत्रमा नयाँ कालिका मन्दिर निर्माण गरिएको छ। धुनीघरलाई मर्मत गरिएको छ। जहाँ मन्दिरमा आएका धर्मावलम्बी र मन्दिरका पुजारी बस्ने गर्छन्।
मुगु जिल्लाका कोइकी, चङ्खेली, काञ्जिरोवा हिमाल आरोहणको कार्य अघि बढ्न सकेको छैन। जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगमकामारोङ गाउँपालिका–२ मा कोइकी हिमाल पर्छ। यो हिमालको प्रचारप्रसारको अभावले गुमनाम जस्तै छ। मुगुमकामारोङ गाउँपालिका–२ का स्थानीय छेतुङ लामाले हिमालको प्रवद्र्धन नहुँदा आरोहणको कार्य अघि बढ्न नसकेको बताउनुभयो। कोइकी हिमाल चढ्ने गरेका लामाले कहिलेकाहीँ जापानी, फ्रान्सेली, अमेरिकी पर्यटक चढ्न आउने गरे पनि आजसम्म हिमाल चढ्न नसकेको बताउनुभयो।