• ९ मंसिर २०८१, आइतबार

‘कचहरी’ को परिचर्चा

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज १६ गते । साहित्यकार कल्पना पौडेल ‘जिज्ञासु’ द्वारा लिखित कथासङ्ग्रह ‘कचहरी’ को परिचर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले कार्यक्रमको उद्घाटन गर्दै साहित्यकारहरूले कोरा कल्पनाभन्दा समाजका कुरा लेख्नुपर्ने बताउनुभयो । उहाँले पात्र, परिवेश र विषयवस्तुको सुन्दर समायोजन गरी लेखनमा कला मिसाउन सके स्तरीय सिर्जना हुन सक्ने विचार व्यक्त गर्दै कथाकार कल्पना पौडेल ‘जिज्ञासु’ का कथामा भुइँमान्छेका दुःख र पीडा समेटिएको बताउनुभयो ।

कृतिको समीक्षा गर्दै समीक्षकहरू वीरबहादुर थापा र लक्ष्मी खनाल अभिले कल्पना पौडेलका कथाले बाल मनोविज्ञान र यौन मनोविज्ञानलाई विशेष जोड दिएको बताउनुभयो । 

कार्यक्रममा भारतीय सांस्कृतिक सहयोग एवं मैत्री सङ्घ उत्तर प्रदेशका अध्यक्ष सारिक रब्बानीलाई विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको तर्फबाट सम्मान गरिएको थियो ।

त्यस्तै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष कथाकार सुमित्रा न्यौपाने, भेरी साहित्य समाज केन्द्रीय उपाध्यक्ष चरित्रा शाह, विश्व नेपाली साहित्य महासङ्घका नेपाल शाखा सल्लाहकार ऋषिराम सापकोटा, बर्दिया उपाध्यक्ष डिल्लीराज अर्याल, हरिप्रसाद त्रिपाठी, चन्द्रावती अधिकारी, सोमनाथ लुइँटेल, अभिनन्दन सुवेदी, लक्ष्मी बस्याललगायत साहित्यकारले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।