पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित कोणसभामा जनयुद्ध दिवसका दिन दिनेगरेको सरकारी विदा खारेज गर्न पनि माग गरिएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले भारत स्वतन्त्र हुनुमा नेपालीहरुको हात रहे पनि भारतले कहिल्यै जस नदिएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्धमा आवाज उठिरहेको बताउनुभएको छ ।
एमालेको गण्डकी प्रदेश पहिलो प्रदेश अधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको अधिवेशन मौसम खराबीका कारण जहाज नचलेपछि उहाँ आउन सक्नु भएन ।
सम्झौताअनुसार समयमै काम भएको भए यतिबेला सङ्घीय संसदका काम कारबाही सिंहदरबारस्थित आफ्नै भवनबाट सञ्चालन हुन्थ्यो । कोरोना महामारीका कारणले निर्माणमा समस्या भएपछि दुई पटक म्याद थप्दा पनि निर्धारित समयमा पूरा हुन सकेको छैन ।
पोखरा पर्यटकीय सहर । पोखरा भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल तालको सुन्दर दृश्य आउँछ । यद्यपि बढ्दो सहरीकरण अव्यवस्थित संरचना र फोहोरको उचित व्यवस्थापनको अभावमा पोखराको सुन्दरता जोगाउन चुनौती बन्दै गएको छ ।
वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृत लिएको भन्दै १४ म्यानपावर कम्पनी निलम्बनमा परेको छ ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसदमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि समितिले विज्ञ र सरोकारवालासँगको छलफल र राय लिएर आवश्यक परिमार्जन गरिने बताउनुभएको छ ।
ड्युटीका क्रममा भीरबाट खसेर गम्भीर घाइते भएका प्रहरी जवान सुवास पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पौडेललाई थप उपचारका लागि काठमाडौँ लगिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताउनुभएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा लगाइएको कर्फ्यू पूर्णरुपमा हटेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकामको अवस्था सामान्य बनेको ठहरगरी कर्फ्यू हटाउने निर्णय गरेको हो ।
सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालेको छ । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानिकारक वन्यजन्तुको रूपमा घोषणा गरेर जाने तयारी भइरहेको बताउनुभएको हो ।