• १३ साउन २०८१, आइतबार

धान नकाट्न उपमहानगरपालिकाको आग्रह

blog

धनगढीमा धान काट्दै किसान । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज १५ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ । असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ । 

धान पाकिसकेकाले यहाँका किसानले काट्न सुरु गरिसकेका छन् । काटिसकेका धान जतिसक्दो चाँडो भित्र्याउन धनगढी उपमहानगरपालिकाको आग्रह छ । किसानले धान काट्न सुरु गरेका बेला धनगढी उपमहानगरपालिकासहित कैलालीको विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।