• २६ वैशाख २०८२, शुक्रबार

सरकारको बेवास्ताप्रति ज्येष्ठजनको गुनासो

blog

दोलखा समाचारदाता

दोलखा, असोज १६ गते । ज्येष्ठ नागरिक दिवस मनाइरहँदा घरपरिवारको हेलासँगै सरकारले पनि बेवास्ता गरेको दोलखाका ज्येष्ठ नागरिकले गुनासो गर्नुभएको छ । कानुनमा गरेको व्यवस्था कार्यान्वयनमा नआउँदा थप सुविधा पाउनको सट्टा मन बहकाउने ठाउँसम्म पनि नपाएको गुनासो उहाँहरूको छ ।  

आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पनि हो । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ का रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइँदै छ । दिवसका अवसरमा सङ्घीय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकका क्षेत्रमा व्रिmयाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्धनका लागि विभिन्न कार्यव्रmम आयोजना गरेर मनाइयो । 

ज्येष्ठ नागरिक दुर्गाप्रसाद  उप्रेतीले भन्नुभयो, “एकोहोरा सोचाइको यो अवस्था कसैले नबुझ्ने रहेछन् । घरपरिवारले यो अवस्था बुझेर व्यवहार गरिदिए तनाव अलिक कम हुने थियो । लोकतन्त्र, गणतन्त्र आयो घरआँगनको सरकारले त केही गरिदिन्छ कि जस्तो लागेको थियो । यो त आकाशको फल आँखा तरी मर भनेझैँ पो हुँदो रहेछ । अति नै बेवास्ता छ ।” 

हिँडडुल र स्वास्थ्योपचारमा सहजता साथै ज्येष्ठ नागरिकका समस्या बुझाउन उहाँहरू गाउँबाट सदरमुकामा चरीकोट आउनुभएको छ । अर्का ज्येष्ठ नागरिक पे्रमबहादुर कार्कीले भन्नुभयो, “सदरमुकाममा त ज्येष्ठजनका लागि बस्ने ठाउँ, शौचालय, पानीको व्यवस्था र मनोरञ्जन गर्ने साधन हुनुपर्ने हो । तब न ज्येष्ठजनप्रतिको सम्मान ठहरिन्छ । कागजमा भएर के गर्नु ? व्यवहारमा भए पो हुन्छ । हामी त राम्रो व्यवहारका भोका छौँ ।”