सुर्खेत वीरेन्द्रनगर-३ का सुरेश खड्का पूर्णरुपमा दृष्टिविहीन व्यक्ति हुनुहुन्छ । पाँच वर्षको उमेरमा उहाँले आफ्नो दुवै आँखाको ज्योति गुमाउनुपर्यो । सुरेशले सानै कक्षादेखि ब्रेललिपिमा पढ्नुभयो । पढाइमा अब्बल उहाँले ब्रेल लिपिबाटै पढेर सामाजिक कार्यमा स्नातकोत्तर गर्नुभएको छ ।
बझाङ केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशभरि पूर्ण र आंशिक गरी ४१० भौतिक संरचनामा क्षति पुगेको छ ।
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई जिम्मेवारी तोकिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । राप्तिसोनारी-२ टिकुलीपुरका ४८ वर्षीय टीकाराम जैसी पक्राउ परेका हुन् ।
मकवानपुरमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु र १० जना घाइते भएका छन् । हेटौँडा–धरान–चतरा सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ५ स्थित तीनतलेमा हेटौँडाबाट छतिवनतर्फ जाँदैगरेको दूध बोक्ने ना १ घ ५४४ नम्बरको ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्कर चालक हेटौँडा उपमहानगरपालिका–९ का सिद्धान्त लामाको मृत्युभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताउनु भएको छ ।
मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाउनु भएको छ।
अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन आज रातिबाट खुला हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार भारतसँग ३–१ ले पराजित भएको छ ।
सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग नै ‘जनयुद्ध’ भएको प्रष्ट पारेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने बताउनुभयो ।
दुई दिनदेखि अशान्त रहेको नेपालगन्जलाई धार्मिक सद्भाव कायम गरी पुरानै लयमा फर्काउने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वदलीय र सर्वपक्षीय बैठक जारी रहेको छ ।
सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका-५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका-९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो ।
गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाउनुभएको छ ।