• १ जेठ २०८१, मङ्गलबार

माल्टा पठाउने भनी ६ लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौं, असोज १७ गते । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी ६ लाख रुपियाँ ठगी गर्ने तनहुँ व्यास नगरपालिका वडा नं.१२ का रञ्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार हाल काठमाडौँ थानकोट बस्ने पाण्डेले विष्णु विक्रम खड्का समेत चार जनालाई माल्टा जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि फुड डेलिभरीको काममा मासिक तलब एक लाख रुपियाँभन्दा बढी हुन्छ भनी प्रलोभनमा पारेका थिए ।

प्रहरीका अनुसार उनलाई काठमाडौँको सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।