• २० असोज २०८१, आइतबार

थारू महिलाले आयोजना गरे जितियाको ओटघन

blog

ओटघन खाने कार्यक्रममा सहभागी महिला ।

ललिता साह

वोदेवर्साइन (सप्तरी), अशोज १७ गते । अग्निसाइर कृष्णासवरण गाउँपालिकाको आयोजनामा थारू महिलाले जितिया पर्वको अवसरमा बुधबार ओट्घन ( उपवास बस्ने महिलाले खाने दर) कार्यक्रम आयोजना गरेका छन् । 

गाउँपालिकाका उपाध्यक्ष कल्पना चौधरीका अनुसार जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ । कार्यक्रममा महिलाहरूले जितिया पर्वको महत्त्व, जितमहान कथाबारे कथा वाचन गर्नुभएको थियो । कार्यक्रममा नृत्य पनि प्रस्तुत गरिएको थियो ।  

उपाध्यक्ष कल्पनाको अध्यक्षतामा र अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कंचनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ललिता साह, शिक्षिका कौशिला चौधरी, स्वयंसेविका लता चौधरीसहितकाले जितिया पर्वको शुभकामना दिनुभयो ।