• ९ मंसिर २०८१, आइतबार

राजदूत क्षेत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

blog

काठमाडौँ, असोज १७ गते । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थयका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गर्नुभयो । 

सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति युएई आकर्षक गन्तव्य बनेको बताउनुभयो । उहाँले नेपालीलाई अवसर प्रदान गरेकामा युएई सरकारप्रति आभार व्यक्त गर्नुभयो । 

युएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गर्नुभएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । रासस