सिद्धार्थनगर, भदौ १६ गते । बुटवल -१३ बेल वासमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल -१३ बेल वास बस्ने वर्ष ४५ का सोनु भट्टराई र उहाँका ६ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फजाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर गुडिरहेको ट्याङ्कर मुनी पर्न जाँदा बाबु–छोराको मृत्यु भएको हो । लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङ्कर मुनी पुगेको हो ।
मोटरसाइकलको पछाडि बसेका १५ वर्षीय आयु आचार्य तथा लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल चालक पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर भने घाइते भएका छन् । बुधवार बेलुका भएको दुर्घटनाका घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुई वटै मोटरसाइकल र ट्याङ्कर प्रहरीको नियन्त्रणमा छन् ।