• ६ साउन २०८२, मङ्गलबार

स्टूडेन्ट वोल्डको चितवनमा शाखा उद्घाटन

blog

शैक्षिक परामर्श संस्था स्टूडेन्ट वर्डको उद्घाटन गर्नुहुँदै भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष परमेश्वर खनाल । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ साउन ६ गते ।
शैक्षिक परामर्श संस्था स्टूडेन्ट वोल्डले चितवनको भरतपुरबाट आफ्नो सेवा शुरु गरेको छ । भरतपुरमा मङ्गलबार आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका– १० का  वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्नुभएसँगै सो संस्थाले आफ्नो सेवा शुरु गरेको  हो ।

स्टूडेन्ट वोल्ड चितवनले अमेरिका, अष्ट्रेलिया, न्यूजलेण्डलगायतका १४ वटा देशका विश्व विद्यालयहरुमा विद्यार्थी पठाउने कार्यक्रममा जानकारी दिएको छ ।

वोल्डका कार्यकारी निर्देशक रविन वोल्डले सन् २००८ वाट सेवा शुरु गरेको वोल्डका अहिले २४ वटा देशमा शाखा रहेको जानकारी दिनुभयो ।

नेपालमा भने काठमाडौँपछि चितवन वोल्डको दोस्रो शाखा हो । वोल्डले विद्यार्थीहरुको सपना साकार बनाउने लक्ष्य लिइएको कार्यकारी निर्देशक रविनले बताउनुभयो ।

वोल्डका अध्यक्ष सुदिप सिंह अधिकारीले विद्यार्थीहरुलाई आफ्नो संस्थाले छात्रवृत्तिसहितको शिक्षाका लागि पहल गर्ने बताउनुभयो ।