सन्तोष सुवेदी
कास्की, साउन ५ गते । पोखरामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना सङ्क्रमण देखिएको थियो । आठ दिनअघि कोरोना सङ्क्रमण भएको र साउन ४ गते मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खीमबहादुर खड्काले जानकारी दिनुभयो । गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ । हाल प्रदेशभर आठ जना सङ्क्रमित उपचाररत रहेका छन् ।