नेपालको संविधान २०७२ जारी भएको नौ वर्ष पूरा भएको छ ।
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका वडा नं. ६ को कुसुम गैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।
नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तीन तहको सरकारको व्यवस्था गरिएको छ ।
भरतपुर भ्रमण वर्ष पारेर यस क्षेत्रमा नयाँ पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । भरतपुर आउने पर्यटकलाई केन्द्रित गरी पर्यटकीय गतिविधि सञ्चालनमा आएका छन् ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र क्यानडाली विदेश मन्त्री मेलानी जोलीबीच बुधवार क्यानडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा मन्त्री राणाले नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई आग्रह गर्नुभएको छ । नेपाल–क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।
संविधान सभाले संविधान सभा दर्शन भाग १ र भाग २ निकालेको छ ।
स्थानीय जनप्रतिनिधिले बस्ती तहबाट योजना छनोट गराएर लागु गराउनुपर्ने कार्यबारे बल्ल बुझ्न थालेका छन् । आफ्नो स्वविवेक प्रयोग गरेर योजना छनोट गर्दै परिषद्मा पेस गर्दै आएको वडाका जनप्रतिनिधिले अबदेखि प्रव्रिmयागत रूपमा योजना छनोट गर्न तयार भएका छन् ।
कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ ।
“हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पथ्र्यो तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन, समयमा नै अस्पताल पुगिन्छ
चौतारा साँगाचोकगढी नगरपालिका–११ ले वडाभरका किसानको सहजताका लागि घाँसघर र सिँचाइका लागि पानीपोखरी निर्माण गरी काम गर्न थालेको छ ।
नेपालको संविधान २०७२ ले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । आज संविधान दिवस, हाम्रो राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालको संविधानले परिकल्पना गरेको राज्यको संरचना, आदर्श, लोकतन्त्र र मानिसको जीवनस्तरका मुद्दा विभिन्न समयमा भएका आन्दोलन, विद्रोह र सशस्त्र सङ्घर्षसँग जोडिन्छ ।
धनुषाको मिथिला नगरपालिका(७ पोखरियास्थित मिथिला सागरको मनोरम दृश्य । यो ठाउँ अहिले आन्तरिक पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।