• ११ असोज २०८१, शुक्रबार

संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष समारोह (प्रत्यक्ष प्रसारण)

blog

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसहित । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । 

यसैगरी, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समारोहमा उपस्थित भइसक्नुभएको छ ।समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत विशिष्ट पाहुनाहरुको उपस्थिति छ । 

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ भने नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायतले विशेष झाँकी प्रस्तुत गर्ने क्रम जारी छ ।