राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बलियो र सुदृढ संघीय सरकार बनाउनुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले पेरिस २०२४ पारा ओलम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेशको अधिकार प्रत्यायोजनमा गरेमा प्रदेश सरकार बलियो हुने बताउनुभएको छ ।
भारतको सिक्किमका पुरन राईले सातौँ उर्लाबारी रन-२०८१ को उपाधि जित्नुभएको छ । १० किलोमिटर दूरी ३१ मिनेट ५४ सेकेन्डमा पार गर्दै राईले ३० हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
तनहुँ कारागारमा क्षमताभन्दा दुई गुणाभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ ।
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कोभिड महामारीबाट सिकेका पाठहरूले अफ्रिकामा हाल फैलिरहेको एमपक्स महामारीको सामना गर्न विश्वलाई तयार पारेको ‘गाभी’ खोप सञ्जालले जनाएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा बिहीबार नवलपुरमा सहिद तथा द्वन्द्वपीडित परिवारलाई सम्मान गरिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वबाट लोकतान्त्रिक गणतन्त्र ल्याउन योगदान गर्ने शहिद परिवारका तीन जनालाई सम्मान गरिएको हो ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।
साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो ।
काठमाडौँमा हालै सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बन्नुभएका नेपालगन्जका सलिम कुरेसीलाई जनता समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
आज संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा इलाममा विविध कार्यक्रम गरिएको छ । इलाम सदरमुकाममा प्रभात फेरि निकालिएको छ ।
स्याङ्जामा आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम (आईबीएसइ) सुरु भएको छ । कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाको शिक्षा सुधारका लागि विशेष कार्यक्रम सुरु भएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नेपालगन्ज अगैया हुलाकी सडकको लठ्ठापुरमा बुधवार बेलुकी भएको दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।