भन्सार छलेर ल्याएका करिब डेढ करोड रुपियाँ बराबरको अवैध सामानसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
संविधान दिवशको अवशर पारेर लायन्स क्लव अफ कनकाई दुर्गापुरले बिहीवार मिनि म्याराथनको आयोजना गरिएको छ ।
दुई दिन आयोजना गरिने चौथो नेपालगन्ज फोटो फेस्टिबल अन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ। फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अधिकार कटौती गरेर संविधान संशोधन नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
धनकुटा नगरपालिका-८ को वडा कार्यालय भवन निर्माण भएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा दुई तले भवन निर्माण गरिएको हो।
आउँदै गरेका चाडपर्वलाई लक्षित गरेर बाँकेको कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहीको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उहाँ बिहीबार नै रिहा हुनुभएको छ ।
धनकुटा नगरपालिका–७ चिरबिरे चौतारामा ग्यास लिकेज भएर आगलागी भएको छ । बिहीबार दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिकेज भई आगो लागेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले संवैधानिक इजलास आवश्यक पर्दा हप्तामा तीन दिन नियमित रूपमा सञ्चालन गर्न सकिने बताउनुभएको छ ।
वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बागमती यूथ क्लबमाथि फराकिलो जित निकालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताउनुभएको छ ।
भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबिच छलफल भएको छ ।
हेटौँडामा चाडपर्व लक्षित गरी सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले नयाँ प्रयोग थालेको छ ।
खोटाङ जिल्लाबाट अवैधरुपमा काठ ओसारपसार गरेको पाइएको छ। एक जिल्लाबाट अर्को जिल्लामा काठ लैजानका लागि कटान अनुमति लिनुपर्ने भए पनि राजश्व छल्न अवैध तरिकाले काठ ओसारपसार गरेको पाइएको हो।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताउनुभएको छ ।