• ११ असोज २०८१, शुक्रबार

बागमतीमाथि वालिङको फराकिलो जित

blog

वालिङ टोली ।

काठमाडौँ, असोज ३ गते । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बागमती यूथ क्लबमाथि फराकिलो जित निकालेको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा वालिङले बागमतीलाई ४–० गोलले हरायो । लिगमा वालिङको यो चौथो जित हो । वालिङको जितमा सिसी एन्टोङ्गो र ज्याकलिन नस्सालीले दुई दुई गोल गर्नुभयो ।  

सिसीले २२औँ र ४०औँ तथा ज्याकलिनले ५४औँ र ८३औँ मिनेटमा गोल गर्नुभयो । खेलभर वालिङको दबाब झेलेको बागमतीले गोल गर्न लायक अवसर बनाउन सकेन । जितसँगै वालिङले ६ खेलबाट १२ अङ्क बनाएको छ । बागमतीको चार अङ्क छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।