• ११ असोज २०८१, शुक्रबार

फिजीका विद्रोही नेता स्पेइटलाई जेल सजाय माफी, बिहीबार रिहा गरियो

blog

सुभा (फिजी), असोज ३ गते । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ । देशद्रोहीको आरोपमा २४ वर्ष जेलमा बिताएपछि माफीपछि उहाँ बिहीबार नै रिहा हुनुभएको छ ।

फिजी करेक्सन सर्भिसले भनेको पूर्वव्यवसायी विद्रोही नेता स्पेइटसहित छ  जनालाई औपचारिक रूपमा माफी दिइएको छ । राजनीतिक रूपमा संवेदनशील मुद्दाहरू समाधान गर्न गठन गरिएको ‘दया आयोगको सिफारिसमा उहाँलाई क्षमादान दिइएको छ ।

स्पेइटले सन् २००० को जातीय विद्रोहको नेतृत्व गर्नुभएको थियो भने उहाँको समूहले प्रधानमन्त्री महेन्द्र चौधरी र सांसदहरूलाई ५६ दिनसम्म बन्धक बनाएको थियो ।

स्पेइटले आफ्नो रिहाइ आदिवासी फिजिबासीहरूको विजय भएको छ । उहाँको गिरफ्तारीले फिजप्मा दङ्गा मच्चेको र जेलमा रहेका समय उहाँलाई संसदमा निर्वाचित गरेका थिए ।

देशद्रोहीको आरोप लागे पनि उहाँलाई दिइएको मृत्युदण्डको सजाय भने घटाइएको थियो । विशेष गरी आदिवासी फिजियन सहयोगीहरूले उहाँको माफी र रिहाइको मुद्दा वर्षौँदेखि उठाएका थिए । रासस/एएफपी