शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ ।
यो साता लेबनानभर भएको अभूतपूर्व आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी-टाकी विस्फोट हुँदा ३७ जनाको मृत्यु भयो भने दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् ।
संविधान दिवसका अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न परिवारका लागि तयार गरिएका २० वटा घरमा गृह प्रवेश कार्यक्रम गरेको छ ।
मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताउनुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनुभएको छ।
संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिकाको शिक्षा शाखाले विद्यालयस्तरको वक्तृत्वकला आयोजना गरी संविधान दिवस मनाएको छ ।
संविधान दिवसको अवसरमा नेपालगन्ज नर्सिङ क्याम्पसकी प्रमुख तुलसा सुनार पुरस्कृत हुनुभएको छ ।
इलाममा स्थापना गरिएको शशीकला स्मृति पत्रकारिता–लेखन पुरस्कार इलामका दुई सञ्चारकर्मीलाई पुरस्कृत गरिएको छ ।
एनसेल फाउन्डेसनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गर्न अपिल गर्नुभएको छ। संविधान दिवस २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा बिहीबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति पौडेल उक्त अपिल गर्नुभएको हो।
नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुलो भेला हुने भएको छ ।
संविधान दिवसको अवसरमा आयोजित विशेष सांस्कृति कार्यक्रमम राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वको सहभागिता छ ।