• ८ पुस २०८१, सोमबार

गाउँमा संविधान दिवस मनाइयो

blog

संबिधान दिवसमा आयोजना गरिएको देउडा खेल हेर्न आएका स्थानीय । तस्विरः प्रकाश शाही

प्रेमराज सिम्खडा

कालीकोट, असोज ३ गते । कालीकोटको खाँडाचक्र नगरपालिकाको शिक्षा शाखाले विद्यालयस्तरको वक्तृत्वकला आयोजना गरी संविधान दिवस मनाएको छ । 

रास्कोट नगरपालिकामा देउडा खेलको आयोजना गरी दिवस मनाइएको छ । जुम्लामा पनि जिल्ला वाहिरका देउडा खेलेर दिवस मनाइएको छ । कालीकोटको नरहरीनाथ गाउँपालिकामा स्थानीय जात्रासँगै जोडेर दिवस मनाइएको छ । रास्कोट नगरपालिकाले बजेटको व्यवस्था गरेर देउडा खेलको आयोजना गरेको छ । 

जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले संस्कृतिलाई जोगाउन देउडाको आयोजना गरेको बताउनुभयो । अध्यक्ष चौलागाईले पालिकासँग साझेदार गरिरहेको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले संविधान दिवस मनाउन सहयोग गरेको बताउनु भयो ।