• ११ असोज २०८१, शुक्रबार

एनसेलद्वारा पलेशालाई १० लाखसहित सम्मान

blog

एनसेलबाट सम्मान थाप्दै पलेशा गोवर्धन ।

काठमाडौँ, असोज ३ गते । एनसेल फाउन्डेसनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई १० लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ । 

राष्ट्रिय पाराओलम्पिक नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमबिच एनसेलले पलेशासहित पेरिस पारा ओलम्पिकमा सहभागी पाँच सदस्यीय टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । 

एनसेलले पलेशाका प्रशिक्षक  कविराज नेगी लामालाई तीन लाख तथा तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई जनही एक लाख रुपियाँ पुरस्कारबाट सम्मान गरेको छ ।

खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले सम्मान गर्नुभयो ।