सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौँ उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जनाको नाम समितिबाट बहुमतले पारित गरेको हो ।
साझा यातायातले म्याग्दीमा आफ्नो सेवा विस्तार गरेको छ । सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले राजधानी काठमाडौँदेखि म्याग्दीको सदरमुकाम बेनीसम्म बस छुटाउन थालेको हो ।
श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन र महिनौँसम्मको खाद्यान्न, इन्धन र औषधीको अभावको अन्त्य गर्ने श्रेय दाबी गर्दै नयाँ जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिनिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै लामो सङ्घर्ष र बलिदानको दस्ताबेज हो भन्नुभएको छ ।
सुन्धारास्थित पुननिर्मित धरहरा बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्नु हुने भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ बिहीबार स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासका साथ मनाइएको छ। गोरखापत्र अनलाइनलेसमेत यो विशेष अवसरमा विभिन्न सामग्री प्रकाशन र प्रशारण गरेको छ।
बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो ।
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्याउनुभएका बाँकेका सात जना वरिष्ठ व्यक्तिलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा सम्मान गरिएको छ ।
नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने तयारी गरिरहेकै बेला प्रहरीले पक्राउ गरेको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको मर्म र भावनालाई अक्षरशः पालना गरेमा देश समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्ने बताउनुभएको छ ।
अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो ।