• ११ असोज २०८१, शुक्रबार

स्याङ्जामा पालिकास्तरीय भलिबल हुने

blog

राधाकृष्ण डुम्रे

वालिङ, असोज ३ गते । स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 

आगामी कार्तिक २ गतेबाट सञ्चालन हुने प्रतियोगिामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहने खेल संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि पालिकाहरुले आआफ्नो तयारी सुरु गरिसकेका छन् ।

प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुने समूहले एक लाख रुपियाँ, तेस्रो र चौथो हुने समूहले क्रमशः ५० हजार रुपियाँ र २५ हजार रुपियाँ प्राप्त गर्ने खेलका व्यवस्थापक गुप्तप्रसाद गैह्रेले जानकारी दिनुभयो । 

स्याङ्जाबाट रोजगारी तथा विभिन्न कामका सिलसिलामा विदेशमा रहेकाहरुको साझा संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । 

दशै र तिहारको अवसर पारेर पहिलोपटक समितिले पालिका स्तरको भलिबल प्रतियोगिता गर्न लागेको समितिका अध्यक्ष वीरेन्द्रजंग केसीले जानकारी दिनुभयो । ‘समृद्ध स्याङ्जाको लागि विश्व अभियान’ भन्ने नाराका साथ स्थापना भएको समितिको विभिन्न २० देशमा राष्ट्रिय समितिहरु छन् ।