स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताल विकास समिति विकास समिति गठन आदेश २०७७ मा गरेको संशोधन प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नवीन विचारसहित संविधान संशोधन र रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा दसौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरीलगायत विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
जम्मू–कश्मीरमा बुधबार भएको विधान सभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।
ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत वीरेन्द्रनगरको सिटी बसपार्कको भाडा उठाउन नगरपालिकालाई कठिन भएको छ ।
महिला शान्तिसुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजनाको गति सुस्त देखिएको छ ।
कर्णाली प्रदेशमा अझै शिक्षा नीति बन्न सकेको छैन ।
मान्म–कोटबाडा केबुलकार सञ्चालन गर्ने योजना सम्भाव्यता अध्ययनमै अलमल भएको छ ।
कर्णाली प्रदेशमा बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले भने सहजै स्विकार्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।