• ११ असोज २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

blog

लीलाधर वली 

घोराही, असोज ३ गते । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका वडा नं. ६ को कुसुम गैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

लमहीबाट घोराही आउँदै गरेको मोटरसाइकल बिहान सवा ६ बजेतिर कुसुमगैरामा दुर्घटना भएको थियो । दुर्घटनामा घोराही  उपमहानगरपालिका–१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी  २१ वर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभएको छ । 

प्रहरी उपरीक्षक केसीका अनुसार मृतकको शवलाई पोस्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ । प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।