संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली ‘फ्युचर फर समिट’को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
“पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलामा एक्साभेटर डुबेको छ। निर्माणाधीन माथिल्लो काबेली जल बिद्युत आयोजनाको एक्साभेटर काममा प्रयोग भइरहेको समयमा अनियन्त्रित भई काबेली खोलामा खसेर डुबेको हो।
आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले कर्मचारी सरुवा सम्बन्धमा ध्यानाकर्षण गराएको छ।
गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वनका लागि प्रहरीलाई निर्देशन दिए लगत्तै आरोपित पक्राउ पर्न थालेका छन्।
मधेश प्रदेशका जिल्लामा ८ सय ७४ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा सो जानकारी दिइएको हो ।
गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ।
बिश्व नदी दिवसको अवसरमा आइतबार कैलालीको टिकापुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका ११ वटा विद्यालयका ३६ जना विद्यार्थी सहभागी थिए ।
पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गणतन्त्रका उपलब्धि कमजोर बनाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताउनुभएको छ।
धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको के.आइ.सिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरिएको छ।
नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
राजकुमार भट्टराईखोटाङ, असोज ६ गते। खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको गुम्बा अझै जग भन्दा माथि उठ्न सकेको छैन। तत्कालीन प्रदेश नम्बर एकका मुख्यामन्त्री शेरधन राईले २०७४ माघ १९ गते शिलान्यास गर्नु भएको ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा जगभन्दा माथि उठ्न नसकेको हो। नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको गुम्बाको जगको रड खान थालेको छ। तर, काम पुनः अगाडि बढ्ने कुनै छाट्काट छैन। नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट मध्यपहाडी लोकमार्गको छेउमा विशाल गुम्बा निर्माणको काम थालिएको थियो। करिब २१ करोडमा सम्पन्न हुने गुम्बा ६० फिट अग्लो हुने डिजाइन छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरेको १५ लाख र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानबाट गुम्बाको जग खन्ने, ढुंगा सोलिङ गर्ने र पिसीसी ढलानको काम पुरा गरिएको थियो। त्यस लगत्तै प्रदेश सरकारले उपलबध गराएको करिब एक करोड र उपभोक्ता समितिको १० लाख बराबरको श्रमदानबाट गुम्बाको थप काम अघि बढाइएको थियो। गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच सम्झौता पनि भएको थियो। तर क्रमागत रुपमा बजेट प्राप्त नहुँदा गुम्बाको काम ठप्प भएको गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङले बताउनुभयो। नुनथलाका वडाध्यक्ष भगेश्वर राईका अनुसार कतिपयले भने गुम्बाको बजेट खर्चका विषयमा प्रश्न समेत उठाएका थिए। गुम्बामा बौद्धधर्मसँग सम्बन्धित १०८ र सिठो लजोको एक सय मुर्ती राख्ने योजना छ। यस्तै, बौद्ध धर्ममा माटोको मुर्ती पबित्र हुने धार्मिक मान्यता अनुसार गुम्बामा माटोको सय वटा तथा पितल र ढलौटको मूर्ती राखिने व्यवस्थापन समितिले जनाएको छ। बौद्ध धर्मावलम्बीको जन्म, मृत्युको संस्कार गर्न, विवाह गर्न तथा बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको थियो। गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ राईले १ रोपनी ७ आना जग्गा निःशुल्क उपलव्ध गराउनुभएको हो। पर्यटकीयस्थलकारुपमा रहेको संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सगरमाथाको दृश्यावलोकन समेत गर्न सकिने भएकाले गुम्बाका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। पर्यटकीयस्थल नुनथलाडाँडामा निर्माण हुने गुम्बाबाट नांगो आँखाले सोलुखुम्बु, ओखलढुंगाका अग्ला पर्वत तथा सगरमाथा हिमश्रृंखला समेत दृश्य अवलोकन गर्न सकिन्छ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन र भदौ महिनामा सो भेटी रकम सङ्कलन भएको हो ।