• ११ असोज २०८१, शुक्रबार

नेपाल पुलिस च्याम्पियन

blog

उपाधिसहित पुलिस टोली ।

काठमाडौँ, असोज ६ गते । नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । 

फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले २५–१६, २५–२२, २५–२३ को जित निकालेको छ ।

पुलिस समूह चरणदेखि अपराजित रहँदै च्याम्पियन बनेको हो । पुलिसले नेपालको लिग विजेताको रुपमा यस च्याम्पियनसिप खल्न पाएको हो ।