• ११ असोज २०८१, शुक्रबार

काबेली खोलामा डुब्यो एक्साभेटर

blog

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलामा डुबेको एक्साभेटर ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असो ६ गते।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित काबेली खोलामा एक्साभेटर डुबेको छ।  निर्माणाधीन माथिल्लो काबेली जल बिद्युत आयोजनाको एक्साभेटर काममा प्रयोग भइरहेको समयमा अनियन्त्रित भई काबेली खोलामा खसेर डुबेको हो।  

जल विद्युत आयोजनास्थल काबेली खोला किनारमा काम गर्ने क्रममा बागमती प्रदेश–०१–००४ क २९३० नम्बरको एक्साभेटर अचानक अनियन्त्रित भई खोलामा खसेर डुबेको हो।  एक्साभेटर खसेर काबेली खोलामा डुबे पनि चालक २४  वर्षीय निकेश भट्टराई भने सकुशल रहनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो। 

प्रहरी निरीक्षक बस्नेतका अनुसार आइतबार साँझतिर एक्साभेटर खोलामा खसेको र निकाल्ने प्रयास भइरहेको छ।  काबेली खोलाको पानी उपयोग गरी निर्माण गर्न लागिएको २८.८ मेगावाट क्षमताको माथिल्लो काबेली जलविद्युत आयोजना सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खे, वडा ७ खेबाङ र वडा ८ याम्फुदिन मुख्य प्रभावित क्षेत्र पर्दछ।