काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको आँखा धुवाँधुलो तथा घामबाट जोगाउन नेपाल नेत्रज्योति सङ्घले चश्मा ९सनग्लास० प्रदान गरेको छ ।
जुम्लाको हिमा गाउँपालिकाले मर्यादित महिनावारी व्यवस्थापनको अभियान सुरु गरेको छ । महिनावारी विभेदबाट महिलाले भोग्नु परेका समस्या, शिक्षा, स्वास्थ्य, पोषणबाट वञ्चित हुनु परेको, शारीरिक, मानसिक विकासमा असर परेको अवस्थालाई ध्यानमा राख्दै हिमा गाउँपालिकाले जुम्लामै मर्यादित महिनावारी व्यवस्थापनका लागि ‘सुनौँ महिनावारी कुरा’ नामक बहस अभियान सुरु गरेको हो ।
भोटेकोशीमा आएको बाढीमा परी चार जना बेपत्ता भएका छन् । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारी बुद्धि चुडाँलले बाढीमा परी चार जना व्यक्ति बेपत्ता भएको जानकारी दिनुभयो ।
अछामको साँफेबगर–७ स्थित सञ्चालनमा रहेको बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ । आगामी भदौ १ गतेबाट अस्पतालको सञ्चालन र व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको हो । यसअघि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापन र सञ्चालनमा रहेको अस्पतालको अब प्रदेश सरकारले गर्ने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले असारे प्रवृत्तिलाई निरुत्साहित गर्दै जाने प्रतिबद्धता जनाउँदै आए पनि असारमा अत्यधिक बजेट खर्च हुने प्रवृत्ति अझै रोकिएको छैन । बेलैमा बजेट कार्यान्वयन नहुनेदेखि लिएर असारे विकासलगायतका कारणले आर्थिक वर्षको मसान्तमा अत्यधिक बजेट खर्च भइरहेको छ । प्रदेश सरकारले असारको २१ गतेसम्म मात्रै चार अर्ब २९ करोड ५९ लाख रुपियाँ खर्च गरेको छ ।
छ दशकपहिले निर्माण भएको जिल्ला कारागार कञ्चनपुरको भवन जीर्ण भएपछि कैदीबन्दी पालमुनि बस्न बाध्य भएका छन् । जीर्ण अवस्थामा रहेको जिल्ला कारागार कञ्चनपुरको भवन मर्मत र पुनर्निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा कैदीबन्दी समस्यामा परेका हुन् ।
देशमा ७५ जिल्ला रहेकोमा १० वर्षअघिको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँगै दुई जिल्ला थपिए । नवलपरासी र रुकुममा दुई जिल्ला थपिएपछि ७७ भए । देशका ७६ जिल्ला सडक सञ्जालमा समेटिए पनि हुम्ला भने बाँकी नै थियो । सडक जोड्न यसअघि धेरै पूर्वाधार तयार भए पनि कर्णाली कोरिडोरको चुवाखोलामा पुल निर्माण हुन सकेको थिएन । पुल निर्माण हुन नसक्दा राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोर अपूरो जस्तै थियो । सो कोरिडोर अन्तर्गत खार्पुना
नेपालको राज्यव्यवस्था मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ दृढ सङ्कल्पित रहेको छ ।
नेपालमा गोरखापत्रको प्रकाशनसँगै आजभन्दा १२५ वर्षपहिले श्रीगणेश भएको पत्रकारिता आज पनि जिम्मेवार र परिपक्व छ । जिम्मेवार र परिपक्व हुँदाहुँदै पनि कतिपय समाचार र विचार सम्प्रेषणमा देखिने कमजोर र उरन्ठेउलोपनले छोडेको छैन । पत्रकारितामा विश्वसनीयता र नैतिकताका विषयमा जति दरो र खरो प्रश्न उठ्ने गरेका छन् व्यावसायिकतासँग सम्बन्धित विषयमा पनि त्यतिकै छन् । पत्रकारितामा नैतिकता र व्यावसायिकतामा जति गम्भीर चुनौती देखा परेका छन् तिनलाई समयमै नि
नेपालको संविधान २०७२ को भाग (४) मा राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन सम्बन्धमा धारा (४९) र धारा (५०) मा आवश्यकता अनुसार स्रोतसाधन परिचालन गर्ने व्यवस्था उल्लेख छ । नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधीनता
देशभित्र रोजगारीको अभाव, आर्थिक अवसरको कमी, सिप अनुसारको काम नपाइनु र लगानीमैत्री वातावरणमा देखिएको नैराश्यताका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनहुँ बढिरहेको छ । अध्ययनका लागि विभिन्न विकसित मुलुकमा गएका विद्यार्थी वा श्रमिकमध्ये धेरै जसो विदेशमै बस्न रुचाएको देखिन्छ । थोरै सङ्ख्यामा मात्रै स्वदेश फर्किएर काम गरिरहेको अवस्था छ । खाडी मुलुकमा पुग्ने अधिकांश श्रमिक भने नेपालमै फर्किएर नयाँ काम वा व्यवसायमा लागेको तथ्याङ्कले देखा
स्थानीय भाषा, संस्कार, संस्कृति, परम्पराको उत्थान र जगेर्ना गर्न दार्चुलाको अपिहिमाल गाउँपालिकाले ‘मल्देशी लोक संस्कृतिको सँगालो’ नामक पुस्तक विमोचन गरेको छ । गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र उपाध्यक्ष देवकीदेवी बोहराले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो ।
चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले असार २४ गते बिहान करिब ३ बजे रसुवाको गोसाइकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी क्षेत्रमा आएको भिषण बाढीले मितेरी पुल बगाएको छ । पुल बगाउँदा चीन र नेपालविचको सम्पर्क विच्छेद भएको छ ।
एएमएस म्युजिक एन्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी हुने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा प्रदर्शन गरिने जानकारी दिनुभयो ।
सोलुखुम्बु जिल्लाका विभिन्न स्थानको नाममा प्रसान अलुङ राईले लेख्नुभएको गीतको म्युजिक भिडियो ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक भएको छ । रक्षामन्त्री मानवीर राईले मियो संस्थाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । मन्त्री राईले युवा उमेरदेखि नै गीत, सङ्गीतमा समर्पित युवा प्रसानले दर्शक/श्रोतामाझ ल्याउनुभएको यस गीतले सोलुखुम्बुलाई देश–विदेशमा चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।