राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ अधिकारीबिच मौद्रिक नीतिका विषयमा छलफल भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ सात पैसा र बिक्रीदर १३७ रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ ।
अब बैङ्क तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेचुअल नन क्युमुलेटिभ प्रिफरेन्स सेयर) निष्कासन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति पाएका बैङ्क तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बाटो खुला गरिदिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र पर्यटनका विविध सम्भावना रहेकाले तिनको प्रचारप्रसारमार्फत विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
असार अन्तिम हुन लाग्दा मुलुकभर ४५ प्रतिशत अर्थात् छ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत अर्थात् छ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ ।
दाङ जिल्लाको टिमुर पकेट क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण तथा संरक्षण गर्दै आएको छ ।
राष्ट्रिय सभाका सदस्यले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सेवालाई सङ्घीयता अनुकूल विकेन्द्रित गर्न सुझाव दिनुभएको छ । उहाँहरूले अपराध अनुसन्धानमा प्रमुख आधार मानिने विधि विज्ञान प्रयोगशालाको ‘रिपोर्ट’ छिटोछरितो तयार गरी न्याय सम्पादन सहज बनाउन आग्रह गर्नुभयो ।
तपाईं विद्यार्थी हुनुहुन्छ ? वा विद्यार्थी हुँदा कहिलेकाहीँ कक्षा छाडेर साथीभाइसँग कुनै रमाइलो गर्नका लागि भाग्नुभयो कि ?
यस वर्ष मनसुनको एक महिनामा विभिन्नप्रकारका विपतबाट ३० जनाको मृत्यु भएको छ । गत जेठ १३ देखि असार १३ गतेसम्म विभिन्नप्रकारका विपत्बाट ३० जनाको मृत्यु भएको हो ।
नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ । असार १६ गते सुरु भई सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरू एमाले–काङ्ग्रेसबिच कुनै समस्या नरहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेको उपचारमा सहज हुने निर्णय गर्नुभएको छ ।
जनकपुरधामबाट जयनगर जाँदै गरेको रेलको ठक्करबाट आज देउरी परवाहा स्टेशनदेखि पूर्वरेल्वे लिकमा एक जनाको ज्यान गएको छ ।