बाढीले नेपाल–चीन सीमामा रहेको महत्त्वपूर्ण मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसका कारण दुई देशबिचको आवतजावत पूर्ण रूपमा ठप्प भएको छ ।
विश्वभरिका मानिसलाई एकै मालामा गाँस्ने माध्यम हो– सामाजिक सञ्जाल ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको छ । गाउँपालिका–२को सादेवास्थित उक्त मन्दिरमा राखिएको मूर्ति तोडफोड भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा कान्छी पत्नी बालकुमारीदेवीसँग सिंहदरबारको बार्दलीमा कुराकानी गर्दै हुनुहुन्थ्यो । महारानीले पश्चिमतर्फ देखिएको दरबारतर्फ औँलाले देखाउँदै “ऊ त्यो पर देखिएको बाघदरबार हो भने हाम्रो कुन दरबार हो ?”
गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पहिरो र कटानका कारण यात्रा गर्दाको जोखिम कायमै रहेको छ । बाढीपहिरो गएको झन्डै एक वर्ष हुन लाग्दा पनि
तनहुँको ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका– १ का बासिन्दाहरुलाई जीर्ण पुलबाट जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हटेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
ताप्लेजुङको फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमानामा रहेको सिस्ने खोलामा मोटर गुड्ने बेलिबिज निर्माण गरिएको छ । निर्माणाधीय तमोर कोरिडोर सडकअन्तर्गत पर्ने सिस्ने खोलामा बेलिब्रिज निर्माण गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेकाले निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।
मधेश प्रदेश सभाको बैठक लगातार दुई दिनदेखि अवरुद्ध भएको छ । आइतबार र सोमबार दुवै दिनको बैठक कार्यसूची प्रारम्भ नहुँदै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षी सांसदहरूले संयुक्त रूपमा अवरोध गरेपछि स्थगित गरिएको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवा उद्यमीलाई उद्योग र व्यवसायमा आकर्षित गर्न आगामी वर्षदेखि प्रदेश सरकारले युवामैत्री लगानी पुँजीको व्यवस्था गर्ने नीति लिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षदेखि नै ब्याजमा अनुदान दिएर युवालाई स्वरोजगारी र उद्यमशीलताको विकास गर्ने उल्लेख गर्नुभयो ।
ओखलढुङ्गामा बलात्कार कसुरमा एक पुरुषलाई ओखलढुङ्गा जिल्ला अदालतले दस वर्ष कैद सजाय गरेको छ ।
ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । मेरिङ्देन गाउँपालिका–३ मा रहेको ऐतिहासिक र व्यापारिक केन्द्र दोभान बजारलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको हो ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट नगर सभाले पारित गरेको छ । ढिलो गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा लुम्बिनीको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ, भाषा, संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवर्धनलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।