प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबिच मङ्गलबार छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी हुनुहुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेदिक औषधी तथा परम्परागत चिकित्सा उत्पादनको उत्पादनलाई निर्यात गर्न मिल्ने गरी मापदण्ड स्वीकृत गर्नुभएको छ ।
रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा बाढीमा फसेकाहरूको नेपाली सेनाले उद्धार गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
चीनको तिब्बतबाट बग्ने लेन्दी खोलामा मङ्गलबार बिहान आएको भीषण बाढी र पहिरोले गोसाइँकुण्ड गाउँपालिकाको ठाउँ ठाउँमा बाटो संरचना भत्किएको छ । गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी र पहिरोले कम्तीमा १० स्थानमा सडक भत्काउँदा उद्धार तथा राहत कार्य ठप्प बनेको छ ।
हिमाली जिल्ला मुगुमा यस वर्ष ७० प्रतिशत खेतमा धान रोपाइँ भएको छ । जिल्लामा कुल सोह्र हजार सात सय ६३ हेक्टर खेतीयोग्य जग्गा छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समितिले पोषण झोला खाद्य सामग्रीको गुणस्तर प्रमाणीकरण प्रतिवेदन तीन दिनभित्र समितिमा पेस गर्न प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ ।
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ । त्रिशूली खोलाको किनारमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिनुभएको छ ।
धुलिखेलमा बसेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्णरूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँग गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो ।
फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ । मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
विश्व भलिबल दिवसको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी छवि खरेल सम्मानित हुनुभएको छ ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
नेपाली कांग्रेसले नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा आएको भीषण बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखित र गम्भीर बनाएको जनाएको छ ।
विद्युतीय उपकरणको उपयोग तथा प्रयोगमार्फत गरिने आपराधिक गतिविधिलाई साइबर अपराध (साइबर क्राइम) भनिन्छ । यसलाई सङ्गठित अपराधका रूपमा लिने गरिन्छ । स्वार्थपूर्ति गर्न वा लाभ लिनका लागि व्यक्ति वा समूहले आर्थिक वा हिंसाका माध्यमबाट गर्ने आपराधिक योजनालाई सङ्गठित