• २४ असार २०८२, मङ्गलबार

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

blog

पहिलो राष्ट्रिय खेलाडी छवि खरेललाई सम्मान गर्दै जिल्ला भलिबल सङ्घ गुल्मी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, असार २४ गते ।
विश्व भलिबल दिवसको अवसरमा गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी छवि खरेल सम्मानित हुनुभएको छ । जिल्ला भलिबल संघ जिल्ला कार्यसमिति गुल्मीले पूर्व भलिबल खेलाडी खरेललाई सम्मान गरेको हो । उहाँ २०३३ देखि २०३७ सम्म राष्ट्रिय भलिबल खेलाडीका रुपमा भलिबल खेल खेल्नुभएको थियो ।

खरेलको सोही योगदानको कदरस्वरुप दिवसको अवसरमा सम्मान गरिएको भलिबल सङ्घका महासचिव नारायण आचार्यले जानकारी दिनुभयो । अचार्यले अहिलेसम्म आफूहरुले भलिबलका खेलाडी पहिचान भएसम्म खोजेर सम्मान गरिरहेको बताउनुभयो । उहाँले पुराना योगदान गरेका व्यक्तिहरुको खोज र सम्मानले नयाँलाई उर्जा प्राप्त हुने बताउनुभयो । जिल्ला भलिबल सङ्घ गुल्मीले राष्ट्रिय खेल भलिबललाई जिल्लामा सक्रिय बनाउने र विभिन्न प्रतिस्पर्धाहरुमा खेलागी सहभागी बनाएर उत्कृष्ट सफलता पाउने गरेको छ ।

जिल्ला भलिबल सङ्घ गुल्मीका अध्यक्ष राजन कुँवरले दोस्रो अन्तर्राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय बद्रीप्रकाश श्रेष्ठको निधनप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्नुभयो । उहाँले भलिबल खेल राष्ट्रिय खेल भएपनि सरकारको तर्फबाट खेल क्षेत्रमा पर्याप्त बजेट र आकर्षण सृजना गर्न नसक्दा कैयौँ खेलाडी गुमनाम बनिरहेको बताउनुभयो ।