भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
बर्दियाको ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा निर्माण गर्न थालिएको सडक अलपत्र परेको छ । निर्माण व्यवसायीले समयमा काम नगर्दा ठाकुरबाबा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र वडा नं. ९ का सडक अलपत्र परेका हुन् ।
बुटवल उपमहानगरपालिका–१२ स्थित योगीडाँडामा बुद्धकालीन भग्नावशेष फेला परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिका– १८ फुर्केचौरमा बा.प्र.०३–००१ क ०१९६ नं.को टिप्परमा आगलागी भएको छ ।
भोटेकोशीमा मङ्गलबार बिहान आएको भीषण बाढी धादिङ प्रवेश गरेको छ । बाढीले जनधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।
प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रलाई संरक्षण र व्यवस्थापनको गुरुयोजना निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयले सो गुरुयोजना निर्माण गरी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई सोबारे अवगत गराएको छ ।
नेपाल–चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा बाढीमा परी फसेका ११ जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ । स्थानीयस्तरमै रोजगारी सृजना गरी उत्पादन र व्यवसायमार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले १० सफल उद्यमीलाई नगदसहित सम्मान गरेको हो ।
सिरहा नगरपालिका–६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।
वर्षा सुरु भएसँगै यहाँका पर्यटकीयस्थल सुनसान हुन थालेका छन् । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टोड्के, अन्नपूर्ण आधार शिविर, सिङ्गा र भुरुङ, तातोपानी कुण्ड, रुप्से, नारच्याङ झरनालगायत क्षेत्रमा वर्षा सुरु भएसँगै घुम्न आउने पर्यटक घटेका हुन् ।
यहाँको स्थानीय सरकारले घरबास (होमस्टे)लाई प्रोत्साहन गर्दै आएको छ । होमस्टेमार्फत नागरिकलाई आर्थिक रूपमा सक्षम बनाई समृद्धि हासिल गर्ने योजनासहित यहाँको तिनाउ गाउँपालिकाले होमस्टेलाई प्रोत्साहन गर्दै आएको हो ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर परिसरलाई दर्शनार्थीमैत्री तवरले स्तरोन्नति गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङको चालु आर्थिक वर्षको विनियोजित रु नौ लाख बजेटबाट मन्दिर परिसर स्तरोन्नति गरिएको हो ।
मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुल बीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो । त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवटा मालबाहक कन्टेनर डिब्बा बगाएको बगाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।