काठमाडौं, असार २४ गते । भोटेकोशीमा आएको बाढीबाट हालसम्म १८ जना सम्पर्क विहीन भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । लेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिएको थियो ।
सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, बाढीमा परी नेपाल प्रहरीका तीन जना, भन्सार कार्यालय यार्डमा काम गर्ने नौजना र ६ जना चिनिया नागरिक सहित १८ जना सम्पर्क विहीन भएका हुन् ।
बाढीले एक दर्जनभन्दा बढी गाडी र नेपाल चीन सीमामा जोड्ने मितेरी पुल बगाएको छ ।