आगामी आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीतिबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा) को वरियातमा माथि रहेको उज्बेकिस्तानको टिमलाई चुनौती दिन सफल खेलाडीहरूलाई धन्यवाद दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच वाशिंगटनमा हुने भेटअघि इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सोमबार कतारको राजधानी दोहामा पुनः सुरु हुने तयारीमा रहेको एक प्यालेस्टिनी अधिकारीले जानकारी दिएका छन् ।
लाओसले सन् २०२५ को पहिलो छ महिनामा डेंगु ज्वरोका दुई हजार ६१४ वटा घटना दर्ता गरेको छ, जुन सन् २०२४ को सोही अवधिमा दर्ता भएका पाँच हजार १९२ घटनाको तुलनामा उल्लेखनीय रूपमा कम हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारत समेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख घुस रकम सहित रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष जनार्दन यादवलाई पक्राउ गरेको छ ।
नेपाल चिकित्सक सङ्घले मङ्गलबार पनि आन्दोलन गर्ने भएको छ ।
प्रहरीले अमेरिका पठाउने भनी ६९ लाख ५० हजार रुपियाँ ठगी गर्ने ५४ वर्षीय स्वर्णिम कुमार बाँठालाई पक्राउ गरेको छ ।
नेत्र ज्योती सङ्घ त्रिपुरेश्वर काठमाडौँले ट्राफिक प्रहरीलाई चश्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्ससँग जोडिएका देशहरूमा थप १० प्रतिशत कर लगाउने वाचा गर्नुभएपछि चीनले सोमबार ब्राजिल, रुस र भारतसमेत समावेश भएको समूह ब्रिक्सले ‘टकराव’ नचाहेको बताएको छ ।
इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले ब्राजिलको रियो दि जानेरियोमा भएको १७ औँ बहुपक्षीय सम्मेलनको अवसरमा रूस र टर्कीएका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गर्नुभएको छ ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज गर्न सरकारी वकिलले सोमबार माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचार–प्रसार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले कारागारमा रहेका एक व्यक्तिको याचनापत्रअनुसार नाटकीय हस्ताक्षर अभियान जारी रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा आज उहाँले यस्तो बताउनुभएको हो ।