वैलानी जग्गामा अव्यवस्थित बसोबास गर्दैआएका इलामका दुईसय १३ भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराइएको छ । अहिलेसम्म माङ्सेबुङ गाउँपालिकामा ११०, रोङमा ७२ र चुलाचुलीमा ३१ भूमिहीन परिवारलाई जिल्लास्थित भूमि समस्या समाधान आयोगले जग्गाको लालपूर्जा उपलब्ध गराएको हो ।
पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–३ बस्ने ५० वर्षीय दुर्गानारायण बुढा र ४९ वर्षीय पर्सबहादुर बुढा रहेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीबाट देखिएको मङ्गलगढी–लाटीकोइली सडक आसपासको क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार ।
मागभन्दा उत्पादन वृद्धि भएको भन्दै नेपाल ह्याचरी उद्योग सङ्घले आजबाट एक साताको लागि कुखुराको चल्ला उत्पादन बन्द गरेको छ ।
सोमबार ताइवानको पश्चिमी तटमा आँधी आउँदा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको र करिब चार लाख घरपरिवार बिजुली विहीन भएको अधिकारीहरूले बताएका छन् ।
ललितपुरको गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ ।
मनसुनजन्य विपत्तिमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफू नेतृत्वको स्पेन भ्रमण सफल र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार प्रधानमन्त्री ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र उपलब्धिबारे जानकारी गराउनुभएको हो ।
पुर्वी चीनको झेजियाङ्ग प्रान्तमा सोमबार डानस नामक आँधीका कारण जनजीवन प्रभावित हुन सक्ने चेतावनी जारी गरिएकोे छ । चीनमा यो वर्षको चौथो आँधी हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुई देशबिचको मित्रवत सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासको क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।
नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।
नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले मनसुनजन्य विपत्बाट यस प्रदेशमा जीउधनको रक्षाका लागि सचेत र तयारी अवस्थामा रहन तीन तहको सरकारलाई आग्रह गरेको छ ।
जिल्लाको मटिहानी नगरपालिकाले पोषकतत्वले भरिपूर्ण मखान (मखाना) को ब्राण्डिङ गर्न कृषकलाई बजारीकरणको सामग्री वितरण गरेको छ ।
नवलपुरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ ज्यामिरे खोलाको किनारमा अन्दाजी १५ वर्षको भाले गैँडा मृत खवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्य सूची पनि रहेको छ ।