दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल बन्ने भएको छ । गाउँ कार्यपालिकाको सयौँ बैठकले १० शय्याको आधारभूत अस्पतालका लागि निर्माण गरेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) स्वीकृत गरेसँगै अस्पताल निर्माणको बाटो खुलेको हो ।
झापाको बुद्धशान्ति गाउँपालिकामा खेत रोप्न पैनीबाट मोटर जडान गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै खेतमा रोपाइँ गर्नका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर बुद्धशान्ति ३ का ३९ वर्षीय रोषन जिमीको मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनले एक वर्षमा विभिन्न स्थानमा स्वास्थ्य परीक्षणका कार्यव्रmम गरेको छ । छ हजार ७५९ जनामा गरिएको परीक्षणमा एक हजार २९७ जनामा उच्च मोटोपना देखिएको छ ।
तनहुँमा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुँको तथ्याङ्कमा यो सबैभन्दा धेरै बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएको पाइएको हो ।
भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ । गत वैशाख २० गते कोहलपुर नगरपालिका–१ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले त्यसपछि जेठ ३१ गते वडा नम्बर १ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ ।
ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो ।
ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएकोे छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
एसियाकै ठुलो शिला शालिग्राम बर्सेनि डुबानको चपेटामा पर्ने गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले एक घर एक धारा बनाउने नीति लिएको धेरै भयो तर बाँकेका थुप्रै ग्रामीण बस्तीमा अझै खानेपानी पुगेको छैन । खानेपानीको धारा जडान नभएका बस्ती धेरै छन् । उनीहरू परम्परागत स्रोतको भरमा खानेपानी पिउन बाध्य छन् ।
सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ । सिदिङ्वा—५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ ।
कैलालीका किसानहरु माटोको सुरक्षामा सचेत बन्न थालेका छन् । मानव स्वास्थ्य र वातावरण संरक्षणका लागि माटो स्वस्थ हुनुपर्छ भन्ने बुझेपछि किसानहरु माटो जोगाउन सक्रिय भएका छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न किसानलाई अनुदानमा बिरुवा वितरण गरेको हो ।
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैरदलितबिच अन्तरजातीय
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले स्थानीयलाई माटो सुहाउँदो उत्पादनमा प्रोत्साहन गरी बाँझो रहेको जग्गा जमिन उपयोग गर्ने भएको छ ।