पूर्वी पहाडी तथा हिमाली जिल्ला सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अहिले किसानहरूलाई कोदो रोप्न भ्याईनभ्याइ छ ।
गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज बस्दैछ ।
बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।
सहकारीहरुमा समस्या देखिएको पछिल्लो घटनाक्रमहरु आइरहेकै समयमा म्याग्दी जिल्लामा रहेको सहकारीहरुको छाता संस्था नै खारेजीको प्रकृयामा अगाडि बढेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गर्नुभएको छ ।
सिसी पुरुष यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । आइतबार राति त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।
भाइबहिनीहरू, तपाईंको विद्यालयमा ‘गुनासो पेटिका’ लेखिएको बाकस झुन्ड्याइएको देख्नुभएको छ ?
रूसको कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१ अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा सफलतापूर्वक अवतराण भएको छ । रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले आइतबार आफ्नो वेबसाइटमा यसबारे जानकारी गराएको छ ।
“केही थियो कि बहिनी ? के कामका लागि आउनुभएको हो कुन्नि ?” उनले मेरो अनुहार एक पटक सरसर्ती पढेपछि प्रश्न गरे । हाम्रा आँखा आपसमा जुधे । अनुहार अलि मलिन देखिन्थ्यो । “कपडा
अछाम जिल्लाको साँफेबगर नगरपालिका ७, स्थित बयालपाटा अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम प्रदेश सरकारले ग्रहणको प्रक्रियाले औपचारिकता पाएको छ ।
विकाश निर्माणमा कार्यरत एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ भने अर्का एक मजदुर घाइते भएका छन् । प्रहरीका अनुसार रामगोपालपुर नगरपालिका– ५ कञ्चनपुरका ३२ वर्षीय छट्टु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।
अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाका १० वटा निजी विद्यालय बन्द गराइएको छ । शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीले अनुमति पाएको भन्दा माथिल्लो कक्षा सञ्चालन गर्दै आएका विद्यालयलाई बन्द गराएको हो ।
शब्दकोशमा ‘गणतन्त्र’ को अर्थ स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित राजनीतिक व्यवस्था वा जनतन्त्र भनी लेखिएको पाइन्छ । नेपालमा राजतन्त्र हटाई गणतान्त्रिक व्यवस्था लागु भएको १७ वर्ष भएको छ । नेपालमा सङ्घीय (केन्द्रीय) सरकार, सात वटा प्रदेश सरकार र ७५३ स्थानीय तह (सरकार) छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनागरिकलाई जोड्ने गरी बिमा कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्री
काठमाडौँ, असार २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । बैठक आज अपराह्न १ : ०० बजे बस्दैछ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्नेुहुने कार्यसूची तय भएको हो । नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओली उक्त भ्रमण सकेर यही असार २० गते स्वदेश फर्कनुभएको थियोे । प्रधानमन्त्रीले विदेश भ्रमणपूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास रहिआएको छ । रासस