विसं. २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रुकुमपूर्वका तीन विद्यालयको नतिजा शून्य आएको छ । गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा–१०, एसइईको नतिजा सार्वजनिक गरेको थियो ।
वायु प्रदूषण विश्वव्यापी समस्या हो । हरेक वर्ष हिउँद र खडेरीमा यो समस्या बढी दोहोरिन्छ ।
कुनै पनि देशको अर्थतन्त्र भन्नाले त्यस देशको समष्टिगत आर्थिक क्रियाकलापलाई लिइन्छ ।
केही सहकारी संस्थाका सञ्चालकले सहकारी संस्थाको रकम अपचलन गर्दा नेपाली जनबोलीमा अहिले सबैभन्दा बढी प्रयोगमा आएको शब्द सहकारी भएको छ । राजनीतिक वृत्तमा होस् वा सामाजिक क्षेत्रमा, त्यो पनि बदनाम शब्दका रूपमा । आधुनिक सहकारीको इतिहास सन् १८
ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ ।
मदाने गाउँपालिकाको आयोजनामा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले उत्कृष्ट सबै जनालाई सम्मान गर्नुभएको थियो ।
पार्टी मुख्यालय सानेपामा सोमबारदेखि सुरु भएको सत्तासीन प्रमुख घटक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । १० महिनापछि बसेको बैठकमा आफ्ना धारणा राख्न पाउँदा सदस्य दङ्ग छन् । अधिकांश केन्द्रीय सदस्यका कुरा सुन्दा लाग्छ, व्यक्तिगत लाञ्छना र पार्टीको आन्तरिक जीवनबाहेक उनीहरूसँग बोल्ने अरू कुनै एजेन्डा नै छैन । आपसमा हिलो छ्यापाछ्याप गर्दैमा भ्याइनभ्याई भएका उनीहरू मुलुकका समस्याप्रति कि बेखबर जस्तो देखिन्छन् । जबकि नेपाली समाज अनेक
ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौमध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ बजे बस्दैछ ।
यस वर्षको छिन्नलता गीत पुरस्कार पाँच स्रष्टालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा आइतबार काठमाडौँमा आयोजित वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औँ जन्मजयन्ती तथा ४३ औँ छिन्नलता गीत पुरस्कार लोकार्पण समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो । सभामुख घिमिरेले सङ्गीत जनमानसमा प्रभावकारी रूपमा पुगेको बताउँदै गुठीले प्रतिभाको खोजी गरेर ४३ वर्षदेखि गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले समानताका लागि आफ्ना अनुयायीसँगै जलसमाधि लिनुभएकी वीराङ्गना योगमायाको स्मृतिमा अनुसन्धान प्रतिष्ठानसँगै सङ्घ संस्था पनि स्थापना हुनुपर्नेमा जोड दिनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको सामुदायिक वनमा भिरमह सिकार गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे र ठुलोभिर सामुदायिक वनको भिरमा मह सिकार गरिएको हो । जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीका अनुसार यस वर्ष डेढ सय लिटर मह काढिएको छ । गत वर्ष दुई सय साठी लिटर मह काढिएको थियो ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प बन्न सक्ने भए पनि सोही अनुरूप ऋण परिचालन हुन नसक्दा समस्या भएको बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिण डाइभर्सन बहुद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ ।