कैलालीमा नदीमा नुहाउने क्रममा एक युवको डुबेर मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका –३ का तुलादत्त भट्टको छोरा सुन्दरप्रसाद भट्टको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।
युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय युवा महोत्सव आयोजना हुने भएको छ ।
एक अज्ञात समूहले डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमै हातपात भएको छ। आइतवार दिउँसो साढे ३ बजे उहाँको कार्यालयमा काम गरिरहेको समयमा चार जनाको समूहले हातपात गरेको हो।
चितवनमा आयोजना गरिएको एक कार्यक्रममा वर्तमान नेपालको परिवर्तनमा योगमायाको योगदानको चर्चा गरिएको छ ।
अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध २९ लाख ६० हजार ६९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेकपा (एमाले) का सचिव एवम पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सत्ता सञ्चालनका लागि नेकपा (एमाले) र नेपाली काँग्रेसबिच भएको गठबन्धन २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।
लायन्स क्लब अफ काठमाडौँ, इन्द्रायणी खुसीबुको आयोजनामा करिब दुई सय जनाले निःशुल्क रगत परीक्षण तथा स्वास्थ्य शिविरबाट सेवा प्राप्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५, च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटनसँगै अव हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा निर्माणाधीन क्षेत्रहरूको स्थलगत अनुगमन गर्नुभएको छ । शनिबार महेन्द्रनगर पुग्नुभएका गृहमन्त्री लेखकले आज जिल्लास्थित प्रमुख निर्माणाधीन स्थलको निरीक्षण गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा मिडियालाई खवरदारी गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ।
ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजित वीर गणेशमान सिंह स्मृति खुला राष्ट्रिय रापिड रेटिङ चेस प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।
लिथुआनिया, रोमानिया लगायतका देशहरूमा पठाउने भनी पीडितहरूबाट एक करोड असी लाख त्रियानब्बे हजार ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
महिला आन्दोलनकी प्रथम आन्दोलनकारी योगमायाको योगदान नेपालमा मात्र नभई विश्वमै अतुलनीय रहेको विचार व्यक्त गर्नुभएको छ।
चार हजार ८३० वटा विद्युतीय चुरोट (भेप) सहित एक युवा पक्राउ परेको छ । काभ्रेपलान्चोकको पनौती-११, घर भई हाल भक्तपुर मध्यपुर थिमि-१, लोकन्थली बस्ने २८ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालका चार विद्यार्थीले स्वीट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआइ फर गुड रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।